१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ७ सोमबार
  • Monday, 23 September, 2024
देश/विदेश
२o८१ असोज ७ सोमबार १o:१५:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

के प्राप्त भयो नेटो विस्तारबाट ?

Read Time : > 2 मिनेट
देश/विदेश
नयाँ पत्रिका
२o८१ असोज ७ सोमबार १o:१५:oo

त बिहीबार आफ्नो बिदाइ भाषणमा नेटो महासचिव जेन्स स्टोल्टनबर्गले आफ्नो दशवर्षे उपलब्धिको बखान गरे । उनले नेटोले आफ्नो पूर्वी सिमानामा उपस्थितिलाई उल्लेखनीय रूपमा बढाएको दाबी गरे । उच्च सतर्कतामा रहने सेनाको संख्या केही हजारबाट बढेर ५० हजार पुगेको पनि बताएका थिए । यसबाहेक उनले आफ्नो कुल ग्रार्हस्थ्य उत्पादन (जिडिपी)को कम्तीमा दुई प्रतिशत रकम रक्षा क्षेत्रमा खर्च गर्ने सदस्य राष्ट्रको संख्या तीनबाट बढेर २३ पुगेको पनि बताए ।

स्टोल्टेनबर्गले मोन्टेनेग्रो, उत्तरी म्यासेडोनिया, फिनल्यान्ड र स्विडेन नेटोमा सामेल भएका र इन्डो–प्यासिफिक क्षेत्र गठबन्धनले नेटोमा रहेका देशसँगको सम्बन्ध पनि बलियो बनेको उल्लेख गरेका थिए । उपलब्धिको बखानपछि उनले नेटोको भविष्यको सफलताका लागि पाँचवटा मुख्य पाठ साझा गरेका थिए । स्टोल्टेनबर्गले अमेरिका र युरोपले अलगाववादबाट जोगिनुपर्नेमा जोड दिँदै ‘स्वतन्त्रता खुला व्यापारभन्दा बढी महत्वपूर्ण छ,’ भनेका थिए । यसबाहेक उनले नेटोले रुससँग गरेको गल्ती चीनसँग दोहोर्‍याउनुहुन्न भनेर चेतावनी दिएका थिए ।

आफ्नो दशवर्षे कार्यकालमा स्टोल्टेनबर्गले युरोपको निरन्तर सुरक्षा चुनौतीका बाबजुद नेटो विस्तारमा जोड दिएका थिए । उनको नेतृत्वमा नेटोको सैन्य खर्च ३० प्रतिशतभन्दा बढी बढ्यो र सन् २०२४ मा ११ खर्ब ८५ अर्ब डलरको कीर्तिमानी खर्च पुगेको थियो । नेटो गठबन्धनले चीनलाई ‘प्रणालीगत चुनौती’को बिल्ला भिराउँदै र ‘चीन खतरा’को भाष्यलाई धकेल्दै रणनीतिक, भौगोलिक र दायरा विस्तार गरेको थियो । उनका अनुसार नेटोले आफ्नो ‘एसिया–प्रशान्तीकरण’लाई गति दिँदै आपूर्ति शृंखला, प्राविधिक र आर्थिक सुरक्षाजस्ता मुद्दामा पनि ध्यान केन्द्रित गरेको थियो ।

नेटो ‘बलियो, एकताबद्ध र पहिलेभन्दा बढी महŒवपूर्ण’ भनेर दाबी गर्नुबाहेक यी विस्तारले वास्तवमा के हासिल गरेका छन् भन्ने प्रश्न मुख्य प्रश्न हो । ३० प्रतिशत सैन्य खर्च वृद्धिले अमेरिकी सैन्य–औद्योगिक गठजोडलाई कति लाभ पुगेको छ ? विश्वव्यापी सुरक्षा चिन्ता कत्तिको उत्तेजित भएको छ र यसका लागि युरोपको सामाजिक स्थिरता र समृद्धिले कुन मूल्य चुकाएको छ ? के नेटोका लागि अमेरिकी रणनीति पछ्याएर चीनसँगको टकरावलाई उक्साउनु सुरक्षित छ ? सहयोग–साझेदारीलाई प्रोत्साहन गर्न सकिने क्षेत्रमा टकराव निम्त्याएर आपूर्ति शृंखला, साइबरस्पेस र अन्य क्षेत्रको सुरक्षा गर्नु लाभ हो वा क्षति ?

नेटोको अस्तित्व र विकास सधैँ सुरक्षा चिन्ता सिर्जना गर्न र बारम्बार द्वन्द्वमा संलग्न हुनकै लागि भइरहेको छ
 

स्टोल्टेनबर्गको कार्यकालको थप गम्भीर र गहन मूल्यांकन गर्ने हो भने उल्लिखित मुद्दालाई बेवास्ता गर्न सकिँदैन र जवाफ उनैले जोड दिएका उपलब्धिविपरीत छन् । युरोपले अहिले निकै अनिश्चित सुरक्षा अवस्थाको सामना गरिरहेको छ, यस अवस्थामा नेटोले के जिम्मेवारी बहन गर्छ ?

यो त्यही नेटोको विस्तार थियो, जसले युक्रेन संकटको बिउ छरेको थियो र एसिया–प्रशान्त क्षेत्रमा यसको विस्तारले युरोपबाहिर भूराजनीतिक तनाव निर्यात गरेको छ । स्टोल्टेनबर्गको नेतृत्वमा नेटोले अमेरिकाको रणनीतिक लक्ष्यसँग आफूलाई थप उभ्याएको छ र नेटोका सबै परिवर्तनले अमेरिकी रणनीतिक अभिप्राय झल्काउँछ । गठबन्धनभित्रको आन्तरिक विभाजनका कारण दोस्रो सबैभन्दा लामो समयसम्म कार्यकाल बिताउने नेटो महासचिव हुनुबाहेक स्टोल्टेनबर्गको ऐतिहासिक मूल्यांकनले वासिङटनका नीतिको ‘बफादार कार्यकारी’ र यसको ‘रक्षक’का रूपमा उनको छवि दर्साउनेछ ।

नेटो शीतयुद्धसँगै समाप्त हुनुपथ्र्यो । यसको अस्तित्व र विकास सधैँ सुरक्षा चिन्ता सिर्जना गर्न र बारम्बार द्वन्द्वमा संलग्न हुनकै लागि भइरहेको छ । एकातिर नेटोले आफूलाई क्षेत्रीय गठबन्धन भएको दाबी गर्छ, तर अर्कातर्फ आफ्नो सुरक्षा सुनिश्चित गर्ने आडमा विश्वव्यापी रूपमा आफूलाई निरन्तर विस्तार गरिरहेको छ । नेटोले आफूलाई एक रक्षात्मक संगठन भएको दाबी गर्छ, तर रक्षाका नाममा यसले द्वन्द्वलाई प्रोत्साहन र टकरावलाई उत्तेजित गर्छ । स्टोल्टेनबर्गले नेटोलाई क्षेत्रीय र विश्वव्यापी सुरक्षाको रक्षकका रूपमा चित्रण गर्ने प्रयास गर्छन्, तर ‘सैन्यशक्ति संवादका लागि पूर्वसर्त हो’ अर्थात ‘जसको लट्ठी उसैको भैँसी’जस्तो बयानबाजी पनि गर्छन् ।

झट्ट हेर्दा स्टोल्टेनबर्गको भाषण द्वन्द्वका लागि नेटोको तत्परताको विश्वस्त घोषणाजस्तो देखिन्छ, तर पर्दापछाडि उनको भाषणले नेटो गठबन्धनको संघर्ष र अनिश्चितता प्रकट गर्छ । अमेरिकामा राजनीतिक अस्थिरतासँगै नेटोको भविष्य र युरोपमा दिगो सुरक्षाको उपायमाथि प्रश्न उठ्छ । स्टोल्टेनबर्गको जगमा रहेको नेटोले युरोप र विश्वले बढ्दो विध्वंशात्मक परिदृश्यको सामना गरिरहेको छ ।

वास्तवमा नेटोको ७५ वर्षको इतिहासले यसले युरोप वा विश्वलाई शान्त र सुरक्षित बनाएको छैन भन्ने प्रमाणित गरेको छ । नेटोको अस्तित्व र निरन्तर विस्तार सुरक्षा द्विविधाको मूल कारण बनेको छ । यसको विपरीत नेटोको हस्तक्षेप कम हुने र द्वन्द्वात्मक मानसिकता नभएका ठाउँमा ‘दीर्घकालीन शान्ति’ हासिल भएको छ ।

स्टोल्टेनबर्गले गरेको बिदाइ भाषण र नेटो विस्तारका लागि उनले गरेको प्रशंसाले आज विश्वमा विभाजनको बिउ रोप्ने र शीतयुद्धको मानसिकतालाई पुनर्जीवित गर्ने नेटोको विस्तार मात्र नभई आवश्यकता नै छैन भन्ने इंगित गर्छ । हामी नेटोलाई बहिर्गमन भइरहेका महासचिवसँगै ‘रिटायर’ हुन अर्थात निवृत्त हुन आग्रह गर्छौँ । नेटोले शीतयुद्धको मानसिकता र शून्य योग अर्थात् एकको असफलतामा अर्काको सफलताको कल्पना गर्ने अवधारणालाई त्याग्नुपर्छ । नेटो सैन्य बल प्रवद्र्धन गर्ने र ‘पूर्ण सुरक्षा’ ल्याउने भन्ने भ्रामक अभ्यासबाट पनि टाढा रहनुपर्छ । यसबाहेक नेटोले युरोप र एसिया–प्रशान्त क्षेत्रलाई अस्थिर बनाउने खतरनाक कार्यमा संलग्न हुनबाट सकेसम्म चाँडो आफूलाई रोक्नुपर्छ ।

(२१ सेप्टेम्बरको ग्लोबल टाइम्सको सम्पादकीय)