१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २१ सोमबार
  • Wednesday, 26 June, 2024
देश/विदेश
२o८१ जेठ २१ सोमबार १o:२९:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

चीनमा आइफोनको अत्यधिक व्यापारको अर्थ

Read Time : > 2 मिनेट
देश/विदेश
नयाँ पत्रिका
२o८१ जेठ २१ सोमबार १o:२९:oo

चीनमा एप्पलको आइफोन ढुवानी यो अप्रिलमा ५२ प्रतिशतले बढेको छ । यो बढोत्तरी पश्चिमा सञ्चारमाध्यममा व्यापक चर्चाको विषय बनेको छ । एप्पलको स्टक मूल्यमा पनि उल्लेखनीय वृद्धि भएको छ, जुन विगत दुई वर्षयताको दुर्लभ घटना हो । बजार विश्लेषकले सामान्यतया यसको श्रेय एप्पलको हालको बिक्री रणनीतिलाई दिन्छन्, तर चीनमा उच्चस्तरको स्मार्टफोनका लागि आउने मागले पनि आइफोन खपत बढाएको हो । पश्चिमा जनमतको दृष्टिकोणमा चीनमा आइफोन बिक्री चीनमा विदेशी व्यवसायको सफलताको प्रतीक हो र केही हदसम्म चीनको आर्थिक वातावरण नाप्ने सूचक पनि हो ।

आइफोनको प्रदर्शन चीनको स्मार्टफोन बजारको समग्र प्रदर्शनको मात्र एक हिस्सा हो । चाइना एकेडेमी अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन्स टेक्नोलोजीले मंगलबार सार्वजनिक गरेको पछिल्लो तथ्यांकले चीनमा विदेशी ब्रान्डका मोबाइल फोनको ढुवानी अघिल्लो वर्षको अप्रिलमा २३ लाख एक हजारबाट यस वर्षको अप्रिलमा बढेर ३४ लाख ९५ हजार पुगेको छ । यसले चिनियाँ उपभोक्ताको उच्च गुणस्तरका उत्पादनमाथिको निरन्तर बढ्दो मागलाई मात्रै देखाउँदैन यसले चिनियाँ बजारको खुलापनलाई थप स्पष्ट रूपमा प्रकट गर्छ । यसबाहेक यसले चिनियाँ औद्योगीकरणस्तरको संरचनात्मक सुधारलाई पनि इंगित गर्छ ।

चिनियाँ बजारमा आइफोनको बलियो प्रदर्शन व्यावसायिक सफलता मात्र होइन, बाहिरी संसारमा चीनको औद्योगिक स्तरवृद्धिको उदाहरण पनि हो

वास्तवमा दीर्घकालीन स्थिर वृद्धि कायम राख्न चीनको उपभोक्ता बजारको आफ्नै आन्तरिक तर्क छ । चीनमा एप्पलको बजार प्रदर्शनको लामो ऐतिहासिक परिप्रेक्ष्यबाट हामी थप विस्तृत निष्कर्ष निकाल्न सक्छौँ । चिनियाँ बजारमा एप्पलको यात्राले चीनको उत्पादन उद्योगलाई ‘मेड इन चाइना’ (चीनमा निर्मित)बाट ‘क्रिएटेड इन चाइना’ (चीनमा सिर्जित)मा भएको रूपान्तरणलाई पनि झल्काउँछ । चीनले अब एप्पलका उत्पादन मात्रै गर्दैन, धेरैभन्दा धेरै चिनियाँ आपूर्तिकर्ता एप्पल उत्पादनको डिजाइन, अनुसन्धान र पार्ट्स निर्माणमा पनि संलग्न छन् । बिओई, लिक्सन प्रिसिजन र अन्य कम्पनी एप्पलको आपूर्ति शृंखलाको प्रमुख हिस्सा बनेका छन् ।

चीन सरकार निष्पक्ष र प्रतिस्पर्धात्मक बजार वातावरण निर्माण गर्न र बजार पहुँच प्रतिबन्ध न्यून गर्न प्रतिबद्ध छ । यसले स्वदेशी र विदेशी उद्यमले समान बजार नियमअन्तर्गत निष्पक्ष प्रतिस्पर्धा गर्न सक्ने सुनिश्चित गर्न विदेशी लगानी कानुन र अन्य नीतिगत उपायलाई पनि अनुकूलन गर्दै छ । चीनमा एप्पल र अन्य कम्पनीका उच्चस्तरका स्मार्टफोनको बजार हिस्सा धेरै हदसम्म ती कम्पनीको चिनियाँ उपभोक्ताको आवश्यकताको बुझाइमा निर्भर छ । यसबाहेक स्थानीयकृत सेवा र आपूर्ति शृंखला व्यवस्थापनमा यी कम्पनीको निरन्तर प्रयासले महŒवपूर्ण भूमिका खेलेको छ । यो उपलब्धिले यी कम्पनीका लागि बजार हिस्सा मात्र सुरक्षित गरेको छैन यसले चिनियाँ उपभोक्तालाई उच्च गुणस्तरका विकल्पको फराकिलो दायरा, प्रविधि र सांस्कृतिक आदान–प्रदान एवं आपसी समझदारीलाई पनि प्रोत्साहन गरेको छ ।

हुवावे, साओमी, ओपो, भिभो इत्यादिले प्रतिनिधित्व गर्ने चिनियाँ स्मार्टफोन ब्रान्डको वृद्धि र सुदृढीकरणलाई केही हदसम्म अघि बढाउँदै एप्पलले चिनियाँ बजारमा बलियो प्रतिस्पर्धात्मकता बनाएको छ । चिनियाँ मोबाइल फोन ब्रान्डले फाइभजी, फोल्ड गर्न मिल्ने स्क्रिनजस्ता मुख्य प्रविधि अपनाइरहेको छ । त्यसैगरी, मोबाइल फोनमा छिटो चार्ज गर्ने प्रविधि, इमेजिङ प्रणाली, चीनको औद्योगिक संरचनालाई अप्टिमाइज र अपग्रेड गर्ने व्यवस्था पनि छ । यसले एप्पललगायत बहुराष्ट्रिय कम्पनीका लागि बलियो नवप्रवर्तन क्षमता र थप स्थिर आपूर्ति शृंखलालाई समर्थन प्रदान गरेको छ ।

चिनियाँ बजारमा एप्पलका स्मार्टफोनको बढ्दो बिक्री विश्वव्यापी मूल्य शृंखलामा चीन र अमेरिकाबीचको गहिरो सहयोग एवं आपसी निर्भरताको प्रतिबिम्ब हो । चीन विश्वव्यापी आपूर्ति शृंखलाको एक महत्वपूर्ण जोडका रूपमा उत्पादन दक्षता र लागत नियन्त्रण क्षमता छन् जुन एप्पलले सजिलै त्याग्न नसक्ने लाभ हुन् । एप्पलको सफलता यसको विश्वव्यापी आपूर्ति शृंखलाको कुशल सञ्चालनको कारण मात्रै सम्भव भएको होइन, एप्पल चिनियाँ उपभोक्ताको मान्यताबाट पनि लाभान्वित भएको हो । बहुराष्ट्रिय कम्पनी हुँदै विश्वव्यापी उद्योगदेखि विश्व बजारसम्म उच्चस्तरको उपभोक्ता बजारमा चीन र अमेरिकाबीचको विश्वव्यापी मूल्य शृंखला सहयोगले ‘पारस्परिक लाभ’को उदाहरण दिन्छ । यो सहकार्य यो सिद्धान्तको जीवन्त अभ्यास हो । यो साधारण वस्तु आदानप्रदानभन्दा बाहिर जान्छ, अर्थात् प्रविधि आदानप्रदान, बजार साझेदारी एवं जोखिम साझेदारी सहयोगको रणनीतिकस्तरमा पुग्छ । यसले विश्व अर्थतन्त्रको स्थायित्व र विकासमा नयाँ गति प्रदान गर्छ ।

चिनियाँ बजारमा एप्पलको आइफोनको बलियो प्रदर्शन व्यावसायिक सफलता मात्र होइन, बाहिरी संसारमा चीनको खुलापन र औद्योगिक स्तरवृद्धिको पनि एक ज्वलन्त उदाहरण हो । यसले विश्वव्यापी मूल्य शृंखला सहयोगको महत्वलाई पनि उजागर गर्छ । यो स्वदेशी उद्यमको रूपान्तरण र स्तरोन्नतिको अपरिहार्य परिणाम हो, र प्राविधिक शक्तिमा ठूलो छलाङ पनि हो । चीन–अमेरिका सहयोगको ‘परस्पर लाभ’ मोडेलले खुला र समावेशी बजार वातावरण, निरन्तर औद्योगिक स्तरोन्नति र विश्वव्यापीस्तरमा प्रभावकारी सहयोग प्रमुख तत्व हुन् भन्ने संकेत गर्छ । यसले आर्थिक विश्वव्यापीकरणको गहिराइलाई प्रोत्साहन गर्छ र पारस्परिक लाभयुक्त परिणाम ल्याउँछ ।

भविष्यमा चीनले सुधारलाई थप गहिरो बनाएर खुलापनलाई विस्तार गर्दै जाँदा विज्ञान, प्रविधि र व्यापारका क्षेत्रमा चीन र अमेरिकाबीचको सहकार्यको क्षेत्र थप विस्तार हुँदै जानेछ । दुवै पक्षले एक–अर्कालाई लचिलो भई सहकार्य गर्नुपर्छ र विश्वव्यापी आर्थिक वृद्धिमा थप सकारात्मक ऊर्जा थप्नुपर्छ । यी दुई मुलुकले संयुक्त रूपमा नजिकको, अधिक सन्तुलित, र समावेशी विश्वव्यापी आर्थिक प्रणालीलाई आकार दिनुपर्छ ।
(३१ मेको ग्लोबल टाइम्सको सम्पादकीय) 

ad
ad
ad
ad