Skip This
कृत्रिम मूल्यवृद्धि र कालोबजारी रोक्न मोरङका पालिकाले बजार अनुगमन गर्ने 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३० सोमबार
  • Monday, 15 September, 2025
गणेश लम्साल विराटनगर
२o८२ भदौ ३० सोमबार २१:५९:oo
Read Time : < 1 मिनेट
अर्थ

कृत्रिम मूल्यवृद्धि र कालोबजारी रोक्न मोरङका पालिकाले बजार अनुगमन गर्ने 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ भदौ ३० सोमबार २१:५९:oo

जेन–जी आन्दोलनमा भएको अराजकता  र नजिकिँदै गरेको चाडपर्वलाई ख्याल गर्दै आ–आफनो क्षेत्रमा हुने कृत्रिम मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न मोरङका सबै पालिकाले सक्रिय भएर बजार अनुमगन गर्ने भएका छन्। 

सोमबार विराटनगरमा बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा सहभागी मोरङका पालिका प्रमुख, उपप्रमुख र सरोकारवालाहरू सहभागी बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नजिकिँदै गरेको चाडपर्वको मौका छोपेर कृत्रिम मूल्यवृद्धि र कालोबजारी बढ्न सक्ने भएकोले पालिकाहरूले आ–आफनो क्षेत्रमा सक्रियतापूर्वक अनुगमन गर्ने बताएका हुन् ।

 जिल्ला प्रशासन कार्यालय जलेर ध्वस्त भएपछि मोरङ व्यापार संघको सभाहलमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा बसेको विपत् व्यवस्थापन समितिको बैठकले जेन–जी आन्दोलनको अराजकतामा तोडफोड र आगजनी भएका सबै संरचनाको क्षतिको आकलनसहित मुचुल्का उठाउने, क्षति पुगेका दमकल र सवारीसाधन, भवनहरू मर्मत गरी सञ्चालनमा ल्याउने, सम्झौता भएका आयोजनाहरूको निर्माण सुरु गराउने, आगजनी र तोडफोडबाट क्षति पुगेका संरचनाहरूको मर्मतका लागि खरिद गर्नुपर्ने सामग्रीको सूची तयार गर्ने निर्णय गरेको छ।