मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३० सोमबार
  • Monday, 15 September, 2025
२o८२ भदौ ३० सोमबार २o:५१:oo
Read Time : < 1 मिनेट
समाचार

हेटौँडामा युवकमाथि खुकुरी प्रहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ३० सोमबार २o:५१:oo

हेटौँडामा एक युवकमाथि खुकुरी प्रहार भएको छ। मकवानपुरगढी गाउँपालिका–५ का करिब ३५ वर्षीय प्रेमकुमार घिमिरेमाथि खुकुरी प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले उनीमाथि हेटौँडा–४, फरेस्ट्री क्याम्पसअगाडि मेनरोडमा अज्ञात व्यक्तिले खुकुरी प्रहार गरेको जानकारी दिए। गाडीमा आइरहेका घिमिरेलाई गाडी रोकेर खुकुरी प्रहार गरिएको प्रवक्ता अर्यालले बताए।

खुकुरी प्रहारबाट टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेका घिमिरेलाई हेटौँडा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवनको भरतपुर पठाइएको छ। प्रवक्ता अर्यालका अनुसार घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ।