
गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त हुने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अर्याललाई गृह, कानुन मन्त्रालय दिने सहमति जुटेको स्रोत बताउँछ ।
काठमाडौं महानगरपालिका मेयर बालेन शाहका निकट उनी कानुन व्यवसायी हुन् । काठमाडौं महानगरपालिकामा कानुनी सल्लाहकारका रूपमा कार्यरत उनी वर्तमान सरकार गठनमा पनि सुरुदेखि नै सक्रिय थिए।
आइतबार भएको छलफलमा तीन मन्त्रीको टुंगो लागेको हो । अर्थमा रामेश्वर खनाल, ऊर्जामा कुलमान घिसिङलाई नियुक्ति गर्ने सहमति भएको छ । एक मन्त्रीलाई दुई–तीन मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । उनीहरूको शपथ सोमबार हुने तय भएको छ ।
मन्त्रिमण्डलमा उपप्रधानमन्त्री कसैलाई नदिइने भएको छ ।