१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ७ सोमबार
  • Monday, 23 September, 2024
२o८१ असोज ७ सोमबार १o:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्तीले बगाएका कार्कीको उपचारका क्रममा मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ७ सोमबार १o:२५:oo

हेटौँडामा राप्ती खोलाले बगाएका एकजना मानिसको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका– १ चाइना क्वार्टरका ४९ वर्षीय दीपक कार्की रहेका छन्।

उनलाई आइतबार हेटौँडा उपमहानगरपालिका– १ स्थित राप्ती खोलाले बगाउँदा उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रवक्ता भण्डारीका अनुसार कार्कीलाई राप्ती खोलाले बगाउँदै गरेको अवस्थामा खोलामा पौडी खेल्न गएका हेटौँडा– १४ का २० वर्षीय सलोन वाइबाले उद्धार गरेका थिए। कार्कीलाई उद्धारपछि उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएको थियो। कसैलाई नसोधी घरबाट बिहानै हिँडेका कार्कीलाई चाइना क्वार्टरपछाडि रहेको राप्ती खोलाले दिउँसो २ बजेतिर बगाएको थियो । घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए ।