१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ७ सोमबार
  • Monday, 23 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ७ सोमबार o९:o३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

राष्ट्रिय महिला लिग : चारै टोलीको दोस्रो  चरणको सम्भावना जीवितै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ७ सोमबार o९:o३:oo

राष्ट्रिय महिला फुटबल लिगको सातौँ चरणका खेल सकिँदा कोशी प्रदेश, संकटा क्लब, बागमती युवा क्लब र चन्द्रपुर नगरपालिकाले शीर्ष पाँचमा स्थानका लागि आशा जीवितै राखेका छन् । साबिक विजेता एपिएफ, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले दोस्रो चरणमा स्थान बनाइसकेका छन् । शीर्ष पाँचभित्र स्थान बनाउन कोशी, संकटा, बागमती र चन्द्रपुरबिच कडा प्रतिस्पर्धा हुने निश्चित छ । चारमध्ये दुई मात्र दोस्रो चरणमा पुग्नेछन् । बागमती र चन्द्रपुरको तुलनामा कोशी र वालिङको सम्भावना उच्च छ । बागमती र चन्द्रपुरले बाँकी खेल जितेर मात्र पुग्दैन अन्य टोलीको नतिजा पनि कुर्नुपर्छ । 

कर्णाली र सुदूरपश्चिम प्रदेशको शीर्ष पाँचभित्र रहने सम्भावना समाप्त भएको छ । लिगको साँतौँ चरणका खेल सकिँदा १९ अंकका साथ एपिएफ शीर्ष स्थानमा छ । एपिएफले ६ जित र एक बराबरी नतिजा निकालेको छ । एपिएफले विपक्षी पोस्टमा २७ गोल गर्दा दुई गोल व्यहोरेको छ । १६ अंकसाथ आर्मी दोस्रो र १५ अंकको जोडेको पुलिस तेस्रो स्थानमा छन् । १२ अंकसहित वालिङ चौथो र १० अंकसहित कोशी पाँचौँ स्थानमा छन् । 

छैटौँ स्थानमा रहेको संकटाले ८ अंक बनाएको छ । समान ७ अंकका साथ बागमती र चन्द्रपुर क्रमशः सातौँ र आठौँ स्थानमा छन् । ४ अंकको कर्णाली नवौँ र अंकविहीन सुदूरपश्चिम पुछारमा छन् । पहिलो चरणका ४५ मध्ये ३५ खेल सम्पन्न भएका छन् । दोस्रो चरणमा १० खेल हुनेछ । डबल राउन्ड रोबिन पद्धतिमा हुने डबल लिगको शीर्ष पाँच टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । नकआउट चरणमा फाइनलसहित चार खेल हुनेछ । 

बागमतीको दोस्रो जित
महिला लिगमा बागमतीले दोस्रो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा बागमतीले कर्णालीविरुद्ध १–० को जित निकाल्यो । बागमतीलाई जित दिलाउन घानाकी गिफ्टीले निर्णायक गोल गरिन् । लिगमा उनको यो दोस्रो खेल हो । खेलको इन्जुरी समयमा सुनिता भुलानको क्रसमा बक्सभित्र रहेकी गिफ्टीले कर्णालीकी गोलरक्षक लीला जोशीलाई बिट गर्दै गोल गरेकी हुन् । यससँँगै बागमतीले लगातार पाँच खेलसम्मको जितविहीन यात्रामा पूर्णविराम लगाएको छ ।