१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ७ सोमबार
  • Monday, 23 September, 2024
२o८१ असोज ७ सोमबार o८:५७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रौतहटको राजपुरमा हैजा पुष्टि भएपछि प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ७ सोमबार o८:५७:oo

जिल्लाको राजपुर नगरपालिकाको दुई वडामा फैलिएको झाडा पखाला हैजा पुष्टी भएपछि स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । हैजा पुष्टी भएसँगै अन्य समुदायमा फैलिन नदिन जिल्ला प्रशासन कार्यालय रौतहटले  वडा ४ लाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

जिल्ला प्रशासन कार्यालय रौतहटले आइतबार एक सूचना जारी गर्दै राजापुर नगरपालिका ४ स्थित जोबैर चौकदेखि मदनी चौक, शेख अब्दुल्लाहको खलीहानदेखि डाक्टर नुरुल होदाको घरसम्मको वरिपरी क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

उक्त क्षेत्रमा स्वास्थ कार्यालय प्रमुखको अनुमति बिना स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, अत्यावश्यक काम बाहेक कुनै व्यक्ति हिँडडुल गर्न नपाउने सिडियो हिरालाल रेग्मीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै एक अर्काको घर वा बस्तीमा आवतजावत नियन्त्रण गर्ने, अत्यावश्यक बाहेक सवारीसाधन जान नपाइने, उक्त क्षेत्रमा माछा मासु ओसारपसार, बिक्री वितरण गर्न नपाउने, स्थानीय स्वास्थ्य शाखाबाट जारी आदेश पूर्ण पालना गर्ने गराउने सूचनामा उल्लेख गरिएको छ ।

राजपुर नगरपालिकाको पत्रअनुसार वडा ४ मा गत २ गते १ जनामा झाडा पखाला देखिएको त्यसपछी क्रमश: बढ्दै गएको तथा आर डिटी र कल्चरको रिपोर्ट पोजिटिभ आउँदा रोकथाम नियन्त्रण तथा अन्य समुदायमा फैलिन नदिन प्रभावित क्षेत्रमा मानिसको आवतजावत लगायत गतिविधि तत्काल रोक्न सहयोगको लागि अनुरोध गरिएको थियो । नगरपालिकाको आग्रहसँगै सुरक्षा निकायका प्रमुखसहित डाक्टरको टोलीले हैजा प्रभावित क्षेत्रमा अनुगमन निरीक्षण गरेपछि दुई वडा निषेधित क्षेत्र घाेषणा गरिएको सिडियो रेग्मीले जानकारी दिएका छन् ।

सिडियो रेग्मी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईं राष्ट्रिय अनुसन्धानका एसपी अभिनय कुमार सिंहसहित सुरक्षा अधिकारीको टोली हैजा प्रभावित क्षेत्र राजापुर ३ र ४ को स्थलगत अनुगमन गरेको थियो ।त्यसअघि प्रादेशिक अस्पताल गौरको  मेडिकल सुपरिन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वमा शनिबार आवश्यक औषधिसहित पुगेको थियो ।

राजापुरको दुई वडामा झाडा पखालाको बिरामीको संख्या  बढ्दै गएकाले प्रादेशिक अस्पताल गौरका अध्यक्ष महमद अनवर हाशमी, डाक्टर मुरारी ठाकुर, इमर्जेंसी इनचार्ज डाक्टर राजेश कुमार सिंह, डाक्टर गोपाल गुप्ता, लगायतको टिम आवश्यक औषधि  लिएर प्रभावित क्षेत्रमा पुगेको थियो ।

बिहीबार र शुक्रबार २२ जना झाडा पखालाका बिरामी उपचार गराउन प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा गएका थिए । सो मध्ये ७ जना बिरामीको दिशाको सेम्पल टेष्टको लागि प्रादेशिक अस्पताल गौरमा आरडिटी प्रविधिबाट र जनकपुर अस्पतालमा कल्चर गर्दा हैजाको जीवाणु फेला परेको डाक्टर ठाकुरले जानकारी दिएका छन् ।

२२ जना बिरामीमध्ये प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा महिला १०, बालबालिका सात र एक जना पुरुष गरी अहिले १८ जना भर्ना गरेर उपचार भइरहेको  छ ।