१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ७ सोमबार
  • Monday, 23 September, 2024
नयाँ पत्रिका ताप्लेजुङ
२o८१ असोज ७ सोमबार १o:o४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

ट्रेल म्याराथनको उपाधि विशाललाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ताप्लेजुङ
नयाँ पत्रिका
२o८१ असोज ७ सोमबार १o:o४:oo

ताप्लेजुङमा भएको ‘अन्तराष्ट्रिय रेड पान्डा ट्रेल म्याराथन’ प्रतियोगिताको उपाधि विशाल राईले चुमेका छन् । शनिबार भएको प्रतियोगितामा एक विदेशीसहित ११ महिला र ४० पुरुष गरी ५१ जना सहभागी थिए । ५० जनालाई पछि पार्दै पाँचथरका विशाल राईले उपाधि चुमेका हुन् ।

विशालले ४ घण्टा १६ मिनेटमा निर्धारित ४८ किलो मिटर दूरी पार गर्दै सर्वोत्कृष्ट धावकको उपाधि चुमे । म्याराथनमा पुरुषतर्फ बझाङका करन रावल प्रथम बने । करनले निर्धारित दूरी ४ घण्टा १७ मिनेटमा पार गर्दै पुरुषतर्फको प्रथम बनेका हुन् । पुरुषतर्फ ताप्लेजुङका रमेश लिम्बू दोस्रो भए । उनले निर्धारित दूरी ४ घण्टा २६ मिनेटमा पार गरेका हुन् । पुरुषतर्फ तेस्रो सोलुखुम्बुका अर्जुन कुलुङ राई बने । उनले निर्धारित दूरीलाई ४ घण्टा ३१ मिनेटमा पार गर्दै तेस्रो हुन सफल भएका हुन् । 

म्याराथनमा पुरुष र महिलासँगै कुदाइएको थियो । महिलातर्फ ११ जनाले भाग लिएका थिए । १० जनालाई पछि पार्दै ताप्लेजुङ फुङलिङ नगरपालिका– ६ की कुमारी गुरुङ प्रथम भइन् । उनले निर्धारीत ४८ किलोमिटर दूरी ६ घण्टा १२ मिनेट २० सेकेन्डमा पार गर्दै प्रथम भएकी हुन् । महिलातर्फकै दोस्रो ओखलढुंगा जिल्लाकी लाक्पानीमा शेर्पा भएकी छिन् । उनले निर्धारित दूरी ६ घण्टा २९ मिनेट ६ सेकेन्डमा पार गरेकी हुन् । ताप्लेजुङ की दासांकी शेर्पा तेस्रो भइन् ।