१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ७ सोमबार
  • Monday, 23 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ७ सोमबार o८:४४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भारतीय जुहीले गण्डकीबाट खेल्ने

काभा नेसन्स महिला भलिबलकै उत्कृष्ट सेटर जुहीले गण्डकी थन्डर्सबाट एभरेस्ट लिगमा प्रतिस्पर्धा गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ७ सोमबार o८:४४:oo

भारतीय महिला भलिबल खेलाडी जुही साले एभरेस्ट महिला भलिबल लिगमा गण्डकी थन्डर्सबाट खेल्ने भएकी छिन् । गण्डकीले जुहीलाई आफ्नो चौथो विदेशी खेलाडीका रूपमा टिममा अनुबन्ध गरेको हो । भारतीय टोलीकी अनुभवी खेलाडीका रूपमा रहेकी उनीसँग नेपालमा समेत भलिबल खेलेको अनुभव छ । सेटर जुहीले काठमाडौंमा भएको काभा महिला भलिबल नेसन्स लिगमा भारतलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् । 

१५ वर्ष लामो भलिबल अनुभव बटुलेकी जुहीले एभिसी च्यालेन्जर कप, काभा महिला भलिबल लिग खेलेकी छिन् । करिअरमा उनले १५ भन्दा बढी भारतकै राष्ट्रियस्तरका प्रतियोगिता खेलेकी थिइन् । उनी काभा महिला लिगमा उत्कृष्ट सेटर भएकी थिइन् । गण्डकीले यसअघि तीन खेलाडी रसियाकी जुभियागिनसिभा र एलिसा रुबियकसँगै भारतकी शिल्पा सिन्धुलाई अनुबन्ध गरेको थियो । 

चारजना विदेशी खेलाडी अनुबन्ध गरेपछि टिम मालिक सौरभ केडियाले गण्डकीले उपाधिका लागि बलियो दाबेदारी दिने बताए । ‘हामीसँग स्तरीय विदेशी खेलाडी छन्, उनीहरूको साथमा गण्डकीले उपाधिमाथि दाबेदारी दिनेछ,’ केडियाले भने । टिमका प्रबन्धक विकास खेतानले टिमको विदेशी खेलाडी अनुबन्ध कार्य सकिएको र अब गण्डकीले ट्यालेन्ट हन्टबाट चाँडै खेलाडी अनुबन्ध गर्ने जानकारी दिए । ‘कोटाअनुसार विदेशी खेलाडी भित्र्याएका छौँ, अब ट्यालेन्ट हन्टबाट खेलाडी छनोट 
गरेसँगै टिमको तयारीलाई पनि अघि बढाइनेछ,’ उनले भने । 

ट्यालेन्ट हन्टबाट ललितपुरमा थापा छनोट 
सिंगापुरमै भलिबल सिकेकी ज्याक्युसा थापाले ललितपुर क्विन्सबाट एभरेस्ट महिला भलिबल लिग खेल्ने भएकी छिन् । जावलाखेलस्थित जावलाखेल भलिबल तालिम केन्द्रमा भएको ट्यालेन्ट हन्टमा उनी छनोट भएकी हुन् । ट्यालेन्ट हन्टमा ४५ खेलाडीबाट थापा पहिलो भइन् । क्लबका प्रशिक्षक उत्सव खड्का र व्यवस्थापक श्रद्धा छेत्रीले उनलाई क्लबमा स्वागत गरेका छन् । 

बुबासँगै सिंगापुर गएकी थापाको बाल्यकाल उतै बितेको थियो । उनले सिंगापुरमा पढाइसँगै भलिबल सिकिन् । पहिलोपल्ट व्यावसायिक भलिबलमा पाइला राख्दा आपूm उत्साहित भएको उनले बताइन् । ‘ठुलो प्रतियोगिताबाट करियर सुरु गर्न पाउँदा उत्साहित छु,’ उनले भनिन्, ‘यसलाई हविका रूपमा लिएकी थिएँ, तर अहिले व्यावसायिक खेल नै खेल्न गइरहेको छु ।’  ५ फिट ८ इन्च की आउटसाइड हिटर थापाको आगमनसँगै ललितपुर क्विन्सको टोली पूरा भएको छ । क्लबले विदेशी खेलाडी पनि अनुबन्धन गरिसकेको छ ।