१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ७ सोमबार
  • Monday, 23 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ७ सोमबार o८:३६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रेस काउन्सिल पुरस्कार प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ७ सोमबार o८:३६:oo

प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा कलम चलाउने पत्रकारलाई पुरस्कार प्रदान गरिएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार वितरण गरेका हुन् ।

एक लाख ५१ हजार रुपैयाँ राशिको ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ अन्नपूर्ण पोस्ट दैनिकका सम्पादक अखण्ड भण्डारी र नेपाल पे्रस इन्स्टिच्युटलाई संयुक्त रूपमा प्रदान गरियो । एक लाख १० हजार रुपैयाँ राशिको ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार बद्री सिग्देल र ५० हजार रुपैयाँ राशिको ‘प्रेस काउन्सिल आचारसंहिता पुरस्कार’ रातोपाटी डटकमलाई प्रदान गरिएको छ । २० हजार रुपैयाँ राशिको ‘प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार’ पत्रकार होम कार्की, प्रकाश तिमिल्सिना, श्याम श्रेष्ठ, शिवराज भट्ट र लीलाराज भट्टराईले पाएका छन् ।

‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’ दुर्गा खनाल, कृष्णा पौडेल, दीपक रिजाल, रोशन श्रेष्ठ, खड्कबहादुर श्रेष्ठ, प्रकाशचन्द्र भट्टराई, दिलीप पौडेल, ध्रुव सुवेदी, रमेश तिवारी, सन्तराम बिडारी, राजेन्द्र कार्की, लक्ष्मण तिवारी, भरतराज विष्ट र सविन प्रियासन थारूलाई प्रदान गरिएको छ ।

पुरस्कारको राशि जनही १२ हजार छ । दश हजार राशिको ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’ आस गुरुङ, संगीता तिमिल्सिना, पुष्प बराल, भानुभक्त आचार्य, अरुण बम, रुद्रमणि भुसाल, प्रवीर ददेल, केदार शिवाकोटी, अनिल खत्री, नारायण ढुंगाना र मुकुन्द भण्डारीलाई प्रदान गरिएको छ । ‘प्रेस काउन्सिल महिला सशक्तीकरण पुरस्कार’ प्रतीक्षा काफ्ले र इन्दिरा अर्याल, कालिका खड्का र रूपनी जिएमलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही १० हजार रुपैयाँ छ ।

नयाँ पत्रिकाकर्मी कार्कीलाई विधागत पुरस्कार
नयाँ पत्रिकाकर्मी ज्ञानेन्द्र कार्कीलाई प्रेस काउन्सिल नेपालले पुुरस्कृत गरेको छ । उनलाई काउन्सिलले विधागत पत्रकारिता पुरस्कार दिएको हो । १५ वर्षदेखि पत्रकारितामा सक्रिय उनी फोटो पत्रकारितामा दख्खल राख्छन् ।