१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ७ सोमबार
  • Monday, 23 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ७ सोमबार o८:१९:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

८.१२% बढ्यो बैंक तथा वित्तीय संस्थाको नाफा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ७ सोमबार o८:१९:oo

चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो महिना बैंक तथा वित्तीय संस्थाको खुद नाफा ८.१२ प्रतिशतले बढेको छ । हाल नेपालमा २० वाणिज्य बैंक, १७ विकास बैंक र १७ वित्त कम्पनी छन् । चालू आवको साउनमा ती संस्थाहरूले १० अर्ब २६ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । 

गत आवको साउनमा बैंक तथा वित्त कम्पनीहरूको खुद नाफा नौ अर्ब ४९ करोड ४० लाख रुपैयाँ थियो । गत आवभरमा उनीहरूको खुद नाफा ७० अर्ब ९१ करोड ८० लाख रुपैयाँ थियो । समीक्षा महिनामा २० वाणिज्य बैंकले मात्रै नौ अर्ब १७ करोड ६१ लाख खुद नाफा कमाएका छन् । यो गत आवको साउनको तुलनामा ७.६३ प्रतिशतले बढी हो । गत आवको साउनमा उनीहरूको खुद नाफा आठ अर्ब ५२ करोड ५० लाख रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । 

तथ्यांकअनुसार साउनमा ग्लोबल आइएमई बैंकले ८९ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । दोस्रो नम्बरमा नबिल बैंकले ८० करोड ३३ लाख, कृषि विकास बैंकले ७१ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ । साउनमा हिमालयन बैंकले ५८ करोड ८० लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५७ करोड ७५ लाख, प्रभु बैंकले ५३ करोड ८० लाख र प्राइम कमर्सियल बैंकले ५० करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । 

कुमारी बैंकले ५० करोड ३५ लाख रुपैयाँ, लक्ष्मी सन्राइज बैंकले ४३ करोड ३२ लाख रुपैयाँ र एनएमबि बैंकले ४२ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ । यसैगरी, एभरेष्ट बैंकले ४२ करोड २९ लाख रुपैयाँ, सानिमा बैंकले ३८ करोड २६ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ३६ करोड ६ लाख रुपैयाँ र सिद्धार्थ बैंकले ३४ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको छ । 

त्यस्तै सिटिजन्स बैंकले ३४ करोड २२ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले ३३ करोड ३३ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३१ करोड १५ लाख र एनआइसी एसिया बैंकले २६ करोड ६३ लाख रुपैयाँ नाफा कमाएका छन् । यस्तै, नेपाल बैंकले २२ करोड ३९ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले २० करोड २४ लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।  

वित्त कम्पनीको पनि नाफा बढ्यो
साउनमा वित्त कम्पनीहरूको खुद नाफा २३ करोड ६० लाख रुपैयाँ देखिएको छ । यो गत आवको सोही महिनाको तुलनामा २३.५६ प्रतिशतले बढी हो । समीक्षा अवधिमा १२ वित्त कम्पनी नाफा र पाँच वित्त कम्पनी नोक्सानीमा देखिएका छन् । 
समीक्षा अवधिमा प्रोगेसिभ फाइनान्सले सबैभन्दा धेरै आठ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै, दोस्रो नम्बरमा रहेको आइसिएफसीले दुई करोड ८५ लाख र तेस्रो स्थानमा रहेको गुह्येश्वरी मर्चेन्टले दुई करोड ५९ लाख रुपैयाँ नाफा कमाएका छन् । 

 विकास बैंकको नाफा ८५ करोड ४० लाख
समीक्षा महिनामा विकास बैंकले ८५ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत आवको सोही अवधिको तुलनामा ९.७६ प्रतिशतले बढी हो । गत आवको साउनमा विकास बैंकहरूको नाफा ७७ करोड ८० लाख रुपैयाँ थियो । गत आवभर उनीहरूको नाफा पाँच अर्ब ९२ करोड ९० लाख रुपैयाँभन्दा बढी थियो । 

समीक्षा अवधिमा ११ विकास बैंक नाफा र ६ विकास बैंक घाटामा देखिएका छन् । समीक्षा अवधिमा साइन रेसुंगाले सबैभन्दा धेरै २० करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । दोस्रो नम्बरमा रहेको मुक्तिनाथ विकास बैंकले १६ करोड ९६ लाख र तेस्रो स्थानमा रहेको महालक्ष्मी विकास बैंकले १० करोड ५७ लाख रुपैयाँ नाफा कमाएका छन् । 

यस्तै, गरिमाले नौ करोड ४६ लाख रुपैयाँ, कामना सेवाले आठ करोड ५८ लाख रुपैयाँ, ज्योतिले आठ अर्ब ३६ करोड रुपैयाँ, सांग्रिलाले ६ करोड ८१ लाख, लुम्बिनीले तीन करोड ६३ लाख, सिन्धुले ३१ लाख, साल्पाले २९ लाख र कर्पाेरेटले १६ लाख रुपैयाँ नाफा कमाएका छन् । यस्तै, एक्सेल ६ करोड ३७ लाख, ग्रिन डेभलपमेन्ट ८६ लाख, सप्तकोशी ५४ लाख, नारायणी ५१ लाख, कर्णाली ४८ लाख र मित्तेरी २२ लाख रुपैयाँले नोक्सानीमा छन् ।