१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ६ आइतबार o७:३o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘आर्थिक विकास र पर्यावरण संरक्षण सँगसँगै’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार o७:३o:oo

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा आर्थिक विकास र पर्यावरण संरक्षण सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् । नेपाल विकासको मार्गमा अघि बढिरहेको बताउँदै उनले पर्यावरण संरक्षण गर्दै विकासलाई दिगो बनाउन आवश्यक रहेको बताए । 

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागले शनिबार आयोजना गरेको अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलनमा बोल्दै अर्थमन्त्रीले नेपालका लागि दिगो विकासको बाटो अत्यन्त आवश्यक रहेको बताएका हुन् । संसारले विकास र पर्यावरणीय दिगोपनबिचको सन्तुलन मिलाउन गम्भीर चुनौतीको सामना गरिरहेको उनले बताए ।

‘नेपाल आफ्नै गतिमा आर्थिक विकासको मार्गमा अगाडि बढिरहेको छ । सन् २०२६ सम्ममा अतिकम विकसित देशको सूचीबाट स्तरोन्नति हुने तय भइसकेको छ । सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्नुका साथै न्यून–मध्यम आय भएको मुलुकमा पुग्नु छ । सन् २०४३ सम्ममा मध्यम आय भएको मुलुक बन्ने राष्ट्रिय आकांक्षा छ । र, यसका लागि पूर्वाधार विकास, औद्योगिकीकरण र सहरीकरणलाई तीव्रता दिनु आवश्यक छ,’ उनले भने, ‘यस सन्दर्भमा, हामीले हाम्रो आर्थिक प्रगति र पर्यावरण संरक्षणलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्नेछ । विगतमा कुनै त्रुटिहरू भएका छन् भने पनि अब हामी त्यसलाई दोहोर्‍याउन सक्दैनौँ । यसको सट्टा, हाम्रो विकास मोडेलले वातावरणीय अनुकूलता, दिगोपना र समानतालाई प्राथमिकता दिनुपर्छ ।’

विश्वभर जलवायुसम्बन्धी विपत्तिको संख्या र तीव्रता दुवै बढिरहेको सन्दर्भमा नेपालले पर्यावरण संरक्षणलाई प्राथमिकता दिँदै विकासको गति अघि बढाउनुपर्ने उनले बताए । 

‘हिमनदीहरू पग्लिने समस्या, मनसुनमा आएको परिवर्तन र बाढी तथा पहिरोको संख्या बढ्दै जानु हाम्रो अर्थतन्त्र, विशेष गरी कृषि, जलविद्युत् र पर्यटनका लागि चुनौती बनेका छन् । त्यसैगरी, नेपालको समृद्ध जैविक विविधता पर्यावरणीय ह्रासका कारण संकटमा परिरहेको छ,’ उनले भने, ‘हाम्रा नदी, वन र जैविक विविधता केवल हाम्रो अर्थतन्त्रको आधारशिला मात्र होइनन्, हाम्रो संस्कृति, इतिहास र पहिचानका पनि महत्वपूर्ण अंग हुन् ।’ 

नेपालसँग हरित अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने विशाल प्राकृतिक स्रोत रहेको उनले बताए । हाम्रो जलविद्युत् सम्भावना अझै धेरै हदसम्म उपयोग हुन बाँकी छ ।