१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
२o८१ असोज ६ आइतबार o७:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सरकारले काम गरेर देखाउनुपर्छ : देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार o७:१८:oo

कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको सरकारले काम गरेर देखाउनुपर्ने बताएका छन् । काभ्रेको धुलिखेल नगरपालिका– ६ जरणडाँडास्थित धुलिखेल अस्पताल चोकमा शनिबार बिपी कोइरालाको प्रतिमा अनावरण गर्दै उनले दुई ठुला दल मिल्दा के हुन्छ भन्ने नागरिकको चिन्ता र चासो रहेको बताए । 

नागरिकको चासो र चिन्तालाई मेट्ने गरी काम गर्नुपर्ने वर्तमान सरकारलाई चुनौती रहेको उनको भनाइ छ । ‘अहिलेको दुई प्रतिस्पर्धी पार्टी मिल्दा के हुन्छ भन्ने नागरिकको चासो र चिन्ता छ । झगडा गर्ने दुई दल मिल्दा आनन्द भएको छ भन्ने पनि छ,’ उनले भने, ‘दुई दल मिल्दा सकारात्मक सन्देश पनि गएको छ, अब काम गरेर देखाउनुपर्छ ।’

इतिहास भजाएर मात्र नहुने भन्दै उनले काम गरेर देखाउनुपर्ने बताए । इतिहासको ब्याज खाएर मात्र नभई आफैँले काम गरेर देखाउनुपर्ने उनको भनाइ छ । जापानी सहयोग नियोग (जाइका)को सहयोगमा निर्माण भएको बिपी राजमार्गले तराई र पहाड जोड्ने काम गरेको देउवाले बताए । बिपी राजमार्गले काठमाडौं पूर्वको क्षेत्र विकासमा महŒवपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।