१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ६ आइतबार o७:३४:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक डम्बर खतिवडालाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार o७:३४:oo

राजनीतिमा साना दलहरूको अस्तित्व कति आवश्यक हुन्छ ?
जनताको सार्वभौम मतले निर्धारण गरेको आकारलाई सानो या ठुलो भन्नु सान्दर्भिक हुँदैन । आकारभन्दा पनि उसको विचार र एजेन्डा हेर्नुपर्छ । कसैले रहरमा पार्टी खोलेको छ भने केही भन्नु छैन । अमेरिकामा जस्तो दुई दलीय राजनीति विशेषगरी दक्षिण एसिया र नेपालजस्ता बहुल जातीय समाजमा सम्भव हुँदैन । राजनीतिमा दलहरूको संख्या र आकारभन्दा पनि तिनले बोक्ने विचार र एजेन्डा महत्वपूर्ण हुन्छन् । जनताले पत्याउन्जेल दलहरू अस्तित्वमा रहछन् ।

नेपालका साना राजनीतिक दलहरू फुट्न किन हतारिन्छन् ?
टुटफुटकै कुरा गर्ने हो भने कांग्रेस र कम्युनिस्टहरू पनि फुटेकै छन्, साना मात्र हैन ।  सामान्यतः दलहरू दुई कारणले फुट्छन्, पहिलो हो व्यक्तिवाद । दलभित्रका व्यक्ति चर्चित र लोकप्रिय हुँदै गयो भने व्यक्तित्वको टकरावका कारण दलहरू फुट्छन् । दोस्रो, दलहरूको आन्तरिक लोकतन्त्र कमजोर भयो भने पनि दलहरू फुट्छन् । पार्टीमा एउटै व्यक्ति लामो समयसम्म नेतृत्वमा रह्यो भने त्यहाँ नयाँले नेतृत्वमा मौका पाउँदैन । यस्तोमा पनि पार्टी फुट्छ । यहाँका राजनीतिक दलहरूमा देखिएका समस्या पनि यिनै हुन् । 

साना दलहरू जुटेर बलियो शक्ति बन्न सक्ने सम्भावना कति हुन्छ ?
तत्कालका लागि नेपालमा त्यस्तो सम्भावना देखिन्न । टाउका जोडेर बनेको शक्ति बलियो र टिकाउ नहुँदो रहेछ भन्ने इतिहासले देखाइसकेको छ । हामीले पनि विगतमा टाउका–टाउका जोडेर बलियो शक्ति बन्छ भनेर मूर्खता देखाइसकेका छौँ । तर, तलैबाट अग्र्यानिक रूपमा विकास नभएको दल विचार, सिद्धान्त र कार्यक्रम एउटै भए पनि एक रहन सक्दो रहेनछ । नेपालका कम्युनिस्ट पार्टीहरूको सिद्धान्त प्रायः एउटै छ, तर सबैभन्दा बढी चिरा तिनैका छन् । मधेशकेन्द्रित दलहरूको पनि अवस्था त्यही हो ।