Skip This
अन्तरवडा फुटसल आजदेखि
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १ मंगलबार o७:१२:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अन्तरवडा फुटसल आजदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार o७:१२:oo

दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तरवडा फुटसल प्रतियोगिताको मंगलबारदेखि हुँदै छ । काठमाडौं महानगरपालिका वडा नम्बर– २३ को आयोजनामा १ देखि ९ असाजसम्म लैनचौर फुटसल मैदानमा प्रतियोगिता हुनेछ । आयोजकले प्रतियोगिताको सबै तयारी पूरा भएको जनाएको छ । वडा २३ का अध्यक्ष मचाराजा महर्जनले काठमाडौं महानगरपालिका र आयोजक २३ वडाबिच उद्घाटन खेल हुने बताए । 

प्रतियोगितामा ३८४ युवाले प्रत्यक्ष प्रतिस्पर्धा गर्ने र पाँच सय युवा परिचालन हुनेछन् । नकआउटका आधारमा हुने प्रतियोगितामा विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दश हजार रुपैयाँ पुरस्कार दिइनेछ । वडासदस्य गोलपाल नापितको संयोजकत्वमा सदस्यहरू राजेश मास्के, हरिओम श्रेष्ठ, प्रज्वल शाक्य र रामबहादुर रम्बा रजक रहेको मूल समिति गठन गरिएको छ ।

यसैगरी, प्रतियोगिताका लागि मेडिकल पार्टनरका रूपमा वडा नम्बर– २३ ले स्टार हस्पिटलसँग सम्झौता गरेको छ । स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जनले खेल मैदानमा मेडिकल टिमको उपस्थितिले ठुलो प्रभाव पार्ने बताए । स्टार हस्पिटल चालू एन्फा महिला लिगमा पनि मेडिकल पार्टनरको भूमिकामा रहेको र साफ यू–२०, यू–१८ मा पनि मेडिकल साझेदारका रूपमा रहेको उनले बताए ।