१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २६ बुधबार
  • Tuesday, 17 September, 2024
२o८१ भदौ २६ बुधबार १५:१८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

तिम्बुङ पोखरी ट्रेल रनमा पाँचथरका विशाल राई प्रथम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २६ बुधबार १५:१८:oo

पहिलोपटक आयोजित तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितामा पाँचथरको फिदिम– १४ का विशाल राई प्रथम भएका छन्। प्रतियोगितामा भारत सिक्किमका पिङ्सो नाम्ग्याल भोटिया दोस्रो र सिदिङ्वा गाउँपालिका– १ का भरत बानियाँ तेस्रो भए।

तिम्बुङ पोखरी क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित तिम्बुङ पोखरी ट्रेल रनमा तीन महिलासहित ३० जना सहभागी थिए। 

तिम्बुङ पोखरी संरक्षण समितिद्वारा आयोजना भएको प्रतियोगिताका प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन्।

यस्तै, महिला सहभागी तीनजनामध्ये निर्धारित दूरी सबैभन्दा पहिला पार गर्ने फाल्गुनन्द– ५ पाँचथरकी निक्की नेम्वाङलाई समेत नगद १० हजारसहित सम्मान गरिएको छ।