१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २६ बुधबार
  • Tuesday, 17 September, 2024
२o८१ भदौ २६ बुधबार १४:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मादी नदीले बगाएका बालक दुई दिनदेखि बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २६ बुधबार १४:२३:oo

व्यास नगरपालिका– ३ स्थित मादी नदीले बगाउँदा एक बालक दुई दिनदेखि बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता हुनेमा सोही वडाको देउरालीनगरनिवासी १५ वर्षीय रोनाल्ड थापा रहेका छन् ।

सोमबार दिउँसो नदीले बगाएर उनी बेपत्ता भएका हुन्। बालक व्यास– ४ स्थित कन्काई बोर्डिङ स्कुल कक्षा १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ। उनी घरबाट विद्यालय जान्छु भनेर गए पनि विद्यालय नगई साथीसँग नदीमा नुहाउन गएका थिए। बालक साँझ अबेरसम्म घर नफर्किएपछि मात्रै परिवारले छोरा हराएको जानकारी पाएको थियो ।  

सोमबार दिउँसो १ बजेको समयमा मादी नदीले एक बालक बगाएको भनी प्रहरीमा सूचना प्राप्त भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए। उनका अनुसार जानकारी पाएलगत्तै खोजतलासका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको थियो।

मंगलबार  साँझसम्म खोजीलाई निरन्तरता दिए पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । ती बालकसँगै नदीमा नुहाउन गएका अन्य दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले भने, ‘घटनाबारे सोधपुछ गर्न नियन्त्रणमा लिइएको हो ।’