१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Tuesday, 17 September, 2024
तस्बिर : पिक्सेल्स
रासस कोलम्बो
२o८१ भदौ २४ सोमबार १८:१३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

श्रीलंकाको पर्यटन आम्दानी दुई अर्ब अमेरिकी डलरभन्दा बढी

Read Time : < 1 मिनेट
रासस, कोलम्बो
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार १८:१३:oo

श्रीलंकाले सन् २०२४ को पहिलो आठ महिनामा पर्यटनबाट दुई अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको देशको केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले देखाएको छ।

उक्त अवधिमा श्रीलंकाले दुई अर्ब १७ करोड डलर कमाएको छ। यो सन् २०२३ को सोही अवधिको तुलनामा ६६.१ प्रतिशतले बढी हो।

सोही अवधिमा पर्यटक आगमनमा पनि ५०.७ प्रतिशतले वृद्धि भएको र सन् २०२४ को पहिलो आठ महिनामा १३ लाख ६० हजार पर्यटक आएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ।

सन् २०२४ अगस्टमा पर्यटक आगमन एक लाख ६४ हजार ६०९ थियो। यो संख्या सन् २०२३ अगस्टको तुलनामा लगभग २० प्रतिशतले वृद्धि भएको हो।

पर्यटन श्रीलंकाको शीर्ष विदेशी राजस्व उत्पन्न गर्नेमध्ये एक माध्यम हो। श्रीलंका पर्यटन प्रवर्द्धन ब्युरोका प्रबन्ध निर्देशक नलिन परेराले श्रीलंकाली पर्यटन अधिकारीहरूले सन् २०२५ मा ३० लाख विदेशी पर्यटकहरूको अपेक्षा गरेको बताए।