Skip This
कोशीका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिँदै 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ असोज १ मंगलबार o९:३५:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कोशीका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार o९:३५:oo

कोशी प्रदेशमा तेस्रोपटक मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले बुधबार विश्वासको मत लिने भएका छन् । एमाले कांग्रेसको नयाँ गठबन्धन बनेकाले माओवादी सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका कार्कीले तेस्रो कार्यकालमा दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।

माओवादीले १४ भदौमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ गठबन्धन बनेको अढाई महिनापछि कांग्रेस सरकारमा सहभागी भएको छ । शुक्रबार तीनजना विभागीय र एकजना राज्यमन्त्रीसहित कांग्रेस कोशी सरकारमा सहभागी भएको थियो ।

कोशीमा एमालेको ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, एकीकृत समाजवादीको चार र जसपाको एक सांसद छन् । ९३ सदस्यीय रहेको कोशी प्रदेशमा बहुमतका लागि ४७ जना सांसद चाहिन्छ ।