विश्वमै अलोकतान्त्रिक माध्यमबाट सरकार ढाल्ने प्रवृत्ति बढ्यो : अध्यक्ष ओली

बिहिबार, २९ असोज, २०८३
डिजिटल संस्करण
विश्वमै अलोकतान्त्रिक माध्यमबाट सरकार ढाल्ने प्रवृत्ति बढ्यो : अध्यक्ष ओली

फाइल तस्बिर

काठमाडौं/ नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले अलोकतान्त्रिक, षड्यन्त्रकारी र पपुलिस्ट माध्यमबाट सरकार ढाल्ने प्रवृत्ति बढेको बताएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै ओलीले अराजक र षड्यन्त्रकारी प्रवृत्तिका विरुद्ध राजनीतिक रूपमा अत्यन्त सजग र सतर्क रहनुपर्ने चेतावनी दिए।

कार्यक्रममा ओलीले राजनीतिक तथा नीतिगत बहसहरू आमनागरिकको वास्तविक जीवनस्तर उठाउने दिशामा केन्द्रित हुनुपर्नेमा जोड दिए। पार्टी र सरकार सञ्चालन परम्परागत वा मनगढन्ते तवरले नभई गहिरो अनुसन्धान र यथार्थ तथ्यांकका आधारमा हुनुपर्ने उनको भनाइ छ। गाउँका सामान्य जनतादेखि देशका मूर्धन्य बुद्धिजीवी र विज्ञहरूको सल्लाह र सुझावलाई आत्मसात् गरेर बनाइएका नीतिले मात्र नतिजा दिन सक्ने ओलीको धारणा छ।

जात, वर्ग वा समुदायका आधारमा कुनै पनि किसिमको विभेद नगरी आमजनतालाई नै प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने बताउँदै उनले सत्य, न्याय र समानताको बाटोबाट मात्रै समग्र समाजको कल्याण हुने उल्लेख गरे।

सुझावित समाचार