थप ६ स्थानीय तह विपत् संकटग्रस्त क्षेत्र घोषणा

शुक्रबार, ३० असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । सरकारले गोरखा, धादिङ र बागलुङ जिल्लाका थप ६ स्थानीय तहलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले ८ देखि ११ असोजको बाढीपहिरोबाट अतिप्रभावित यी क्षेत्रलाई विपत् संकटग्रस्त घोषणा गरेको हो।

गोरखाको चुमनुब्री, धार्चे र आरूघाट गाउँपालिका, धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं. १ र २ तथा बागलुङको गलकोट र ढोरपाटन नगरपालिकालाई तीन महिनाको अवधिका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा गरिएको सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए।

यसअघि बुढीगण्डकी नदीलगायतको बाढीपहिरोबाट अति प्रभावित बागलुङ, मनाङ, म्याग्दी, पर्वत, गोरखा र पूर्वी नवलपरासीका अन्य २० पालिकालाई संकटग्रस्त घोषणा गरिएको थियो।

सुझावित समाचार