१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २२ शनिबार
  • Monday, 16 September, 2024
डिलाराम भुसाल कपिलवस्तु
२o८१ भदौ २२ शनिबार १३:५४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कपिलवस्तुको पिपरा अस्पतालमा शल्यक्रियासहित प्रसूति सेवा सुरु

Read Time : > 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
२o८१ भदौ २२ शनिबार १३:५४:oo

कपिलवस्तुको पिपरा अस्पतालले शल्यक्रियासहितको प्रसूति सेवा सुरु गरेको छ। अस्पतालमा आमा सुरक्षा कार्यक्रमअन्तर्गत उक्त सेवा सुरु भएको बताएको छ। कपिलवस्तु नगरपालिका–२ की ३२ वर्षीया एक महिलाको सफल शल्यक्रिया गरिएसँगै मेजर अप्रेसन सेवा सुरु भएको अस्पतालका डाक्टर गणेश क्षेत्रीले बताए। 

पहिले दुईवटा शल्यक्रियामार्फत सुत्केरी भएकी ती महिलाको तेस्रो शल्यक्रियाद्वारा सुत्केरी गराइएको डा. क्षेत्रीले बताए। 
डाक्टर सरस्वती भट्टराई, डाक्टर गणेश क्षेत्री, एनेस्थेसिया सहायक राधा कोइराला, अपरेसन थिएटर नर्सिङ रबिना हिराचन, कल्पना पौडेल र सहयोगी चक्र सिँजालीलगायतको टिमले उक्त शल्यक्रिया गरेको बताएको छ। डा. क्षेत्रीले यो क्षण पिपरा अस्पतालको सेवा क्षेत्रमा ऐतिहासिक दिन भएको भन्दै निकै मेहनत र लगावले यो अपरेसन सेवा सुरु गर्न सकिएको बताए।

डाक्टर सरस्वती भट्टराईले अपरेसन सेवा सुरु भएसँगै यस क्षेत्रका गर्भवती महिलाहरू अपरेसन गर्नकै लागि बुटवल, काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य भएको बताइन्। अस्पतालले  सेवा उच्च गुणस्तरीय बनाउन आफू प्रतिबद्ध रहेको बताएको छ। वाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणि अर्यालले उक्त सेवाबाट बाणगंगा नगरपालिकासहित कपिलवस्तु जिल्लाका १० वटै पालिकाका गर्भवती महिलाहरू लाभान्वित हुने बताएका छन्।

अर्यालका अनुसार छिमेकी जिल्ला अर्घाखाँचीको शीतगंगा नगरपालिका र रुपन्देहीको कञ्चन गाउँपालिकाका महिलाहरूलाई यो सेवाले राहत पुग्ने र अपरेसनकै लागि अन्यत्र धाउनुपर्ने बाध्यताको अब अन्त्य भएको बताए। उनले पिपरा अस्पताललाई प्रदेशकै नमुना अस्पतालको रूपमा स्थापित गर्न थप सेवाहरू बढाउँदै लग्ने आफूहरूको लक्ष्य रहेको बताएका छन्।

नगरप्रमुख अर्यालले वाणगंगाको अबको प्राथमिकता शिक्षा र स्वास्थ्य भएको बताउँदै सोहीअनुरूप लगानी गरेको बताए। बाणगंगामा आवश्यक आधारभूत सडकपूर्वाधार करिब अन्तिम चरणमा रहेकाले अब नगरको नीति तथा कार्यक्रम शिक्षा र स्वास्थ्यमा केन्द्रित हुने बताएका छन्। उनले नागरिकहरूको स्वास्थ्यप्रति नगरपालिका संवेदनशील रहेको भन्दै आवश्यकताअनुसार अस्पतालमा  स्वास्थ्यका सेवाहरू विस्तार गरिने बताएका छन्।

पिपरा अस्पतालले सेवासुविधा थप गरेसँगै पछिल्लो समय अस्पतालमा आउने बिरामीको संख्या ह्वात्तै बढेको बताएको छ। जहाँ दैनिक दुई सय ५०  बढी बिरामी आउने गरेको बताइएको छ।