Skip This
लुम्बिनी प्रदेश निजामती सेवा ऐन संशोधन विधेयक पारित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Thursday, 19 September, 2024
२o८१ भदौ ३१ सोमबार १८:२o:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

लुम्बिनी प्रदेश निजामती सेवा ऐन संशोधन विधेयक पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार १८:२o:oo

लुम्बिनी प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ। प्रदेश सभाको सोमबार बसेको ३५औँ बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले पेस गरेको संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको हो।

बैठकका मन्त्री ढकालले पेस गरेको संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामुख तुलाराम घर्तीमगरले निर्णयार्थ पेस गरेका थिए। प्रदेश सभाको गत शुक्रबार बसेको बैठकमा पेस भएको संशोधन विधेयकमा ५ वटा संशोधन परेका थिए। संशोधनलाई शुक्रबारै बसेको दोस्रो बैठकले प्रदेश मामिला तथा कानुन समितिमा छलफलका लागि पठाउने निर्णय गरेको थियो।

समिति सभापति दिलकुमारी बुढाको संयोजकत्वमा रहेको समितीले दफाबार छलफलपछि प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाको सोमबार बसेको ३४औँ बैठकमा पेस गरिएको थियो।

२०८० असारको २२ गते प्रदेश सभामा पेस भएको विधेयक भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो।