मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ३१ सोमबार १८:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लाइसेन्स प्राप्त हतियारको निषेधित क्षेत्र तोकियो

सरकारी कार्यालय, मल तथा जुलुसमा लिएर जान नपाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार १८:o७:oo

लाइसेन्सप्राप्त हतियार सरकारी कार्यालयमा लिएर जान सरकारले बन्देज लगाएको छ। गृह मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशन गरी हातहतियार बोक्न निषेधित क्षेत्र तोकेको हो।

सूचनाअनुसार सरकारी कार्यालयहरू, अस्पताल, विमानस्थल, सार्वजनिक सवारीसाधन, धार्मिक तथा शैक्षिक स्थल, सिनेमा हल, व्यावसायिक भवनमा निषेध गरिएको छ। त्यस्तै सपिङ मल, हाट बजार, सभा जुलुस भएको स्थान, पुरातात्विक र संरक्षितस्थल, बालगृहलगायतका स्थानमा लाइसेन्सप्राप्त भए पनि हतियार लैजान रोक लगाइएको छ।

अवैधसँगै लाइसेन्स प्राप्त हतियारको समेत सम्भावित दुरुपयोग रोक्न निषेधित क्षेत्र तोकिएको मन्त्रालयले जनाएको छ।

गत ५ चैतमा व्यवसायी दुर्गा प्रसाईंका दुई सहयोगी लाइसेन्सप्राप्त हतियार लिएर सर्वोच्च अदालत प्रवेश गर्न खोज्दा पक्राउ परेका थिए। सोही घटनापछि गृह मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलको सिफारिसका आधारमा लाइसेन्सप्राप्त हतियार निषेधित क्षेत्र तोकिएको हो।