१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २२ शनिबार
  • Monday, 16 September, 2024
२o८१ भदौ २२ शनिबार ११:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रसुवाको पासाङल्हामु मार्ग बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २२ शनिबार ११:४८:oo

रसुवाकाे पासाङल्हामु मार्गअन्तर्गत ग्राङ र ठाडेबिच मूलखर्कमा सडक अवरुद्ध हुँदा यात्रुबाहक बससहित सबै सवारीसाधन रोकिएका छन्।

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार गएरातिको वर्षाका कारण माथिबाट खसेको ढुंगा सडक सतहमा अडिएकाले पूर्ण रूपमा सवारीसाधन रोकिएका हुन्।

ढुंगाे अत्यन्तै ठुलो भएकाले फुटालेर मार्ग खुलाउन ब्रेकर मेसिनको खोजी भइरहेकाले तत्काल सडक सञ्चालन गर्न सक्ने अवस्था नरहेको प्रजिअ खनालले जानकारी दिए। अत्यधिक वर्षापछि आएको पहिरोसँगैको ढुंगाले सडक अवरुद्ध बनेको उनले बताए।

ढुंगा फुटाई सडक सञ्चालन गराउने प्रयास भइरहेको प्रजिअ खनालले बताए। सडक अवरुद्व भएकाले दर्जनौँ सवारीसाधन र यात्री मूलखर्कमा रोकिएका छन्।