१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २२ शनिबार
  • Monday, 16 September, 2024
२o८१ भदौ २२ शनिबार o९:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोठबाट दुई क्विन्टल बढी गाँजा बरामद, भारतीय महिलासहित तीन पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २२ शनिबार o९:३४:oo

सिराहाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका- १०, स्कुलटोलबाट प्रहरीले गोठमा लुकाएर राखेको दुई क्विन्टल बढी गाँजासहित तीनजनालाई पक्राउ गरेको छ.। 

गोठमा गाँजा लुकाएर राखेको गोप्य सूचनाको आधारमा प्रहरी चौकी कर्जन्हा र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो दुई क्विन्टल १७ किलोग्राम गाँजासहित तीनजनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार प्रहरी टोलीले स्थानीय ४५ वर्षीय बिहारी मुखियाको गोठबाट प्लास्टिकको १४ पोकामा प्याक गरिएको उक्त परिमाणको गाँजा बरामद गरेको हो। 

मिर्चैया प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखु र कर्जन्हा प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक तेजप्रसाद अधिकारीको कमान्डमा खटिएको प्रहरीले गाँजासहित एक भारतीय नागरिक, एक महिला गरी तीनजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा भारतको मधुबनी जिल्ला बलरा थाना वाड नं. १२ बस्ने २० वर्षीय किसुन मुखिया, मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ९ बस्ने करिब ६२ वर्षीय खड्कबहादुर तामाङ र कर्जन्हा नगरपालिका- १०, बस्ने करिब ४० वर्षीया चानोदेवी मुखिया रहेको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए। 

गाँजासहित  पक्राउ परेकाहरूलाई मिर्चैया प्रहरीमा राखेर थप अनुसन्धान गरिरहेको उनले बताए। महिलाहरूले मनाउने हरितालिका तिजसहित तराईमा चौरचन पर्वको रमझम चलिरहेका वेला तस्करले उक्त गाँजा अन्यत्र लैजाने तयारी गरिरहेका वेला पक्राउ परेको हुन सक्ने बताइएको छ।गाँजासहित पक्राउ परेकामध्ये एकजना मकवानपुरका रहेकाले गाँजा त्यतैबाट ल्याएर गोठमा स्टोर गरी भारततर्फ पठाउन भारतीय नागरिक आएको आशंका गरिएको छ।