Skip This
भन्सार छली गरेको ३१ लाखको अवैध सामानसहित तीन भारतीय पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ ३१ सोमबार १७:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भन्सार छली गरेको ३१ लाखको अवैध सामानसहित तीन भारतीय पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार १७:२४:oo

मकवानपुर प्रहरीले भन्सार छली ल्याएको ३१ लाख रुपैयाँबराबरको अवैध सामानसहित तीन भारतीयलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे चेकपोस्टस्थित सडकमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको डब्ल्यू बी ४९ एन २१७८ नम्बरको भारतीय यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त परिमाणको सामान बरामद गरेको हो।

मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार प्रहरीले बसका चालकद्वय भारतको पश्चिम बंगालको मदेनिपुर बस्ने ३१ वर्षका सदाम खान, पश्चिम बंगालकै बंकुरा रतनपुरा बस्ने ३८ वर्षका काली मुडी र सहचालक पश्चिम बंगाल मदेनिपुर बस्ने ३० वर्षका जयदेव हेमरामलाई नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा बसलाई रोकी खानतलासी गर्दा बसको विभिन्न भित्री भागमा फल्स बटम बनाई भन्सार छली चोरी पैठारी गरी ल्याइएका सामान बरामद भएको हो।

प्रवक्ता भण्डारीका अनुसार एक हजार ६० थान कुर्ती, १५० ग्रामको २७० थान तुलसीलगायत विभिन्न प्रकारका सामान बरामद भएको छ।

बरामद गरिएको भारतीय बस, सामानहरू र चालक तथा सहचालकहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागि सोमबार राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको उनले जानकारी दिए।