१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २२ शनिबार
  • Monday, 16 September, 2024
२o८१ भदौ २२ शनिबार o९:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ताप्लेजुङमा खोलाले बगाएर बालिका बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २२ शनिबार o९:३o:oo

सिरिजंघा गाउँपालिका- ५, पेदाङमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छिन्। ताप्लेजुङको सिरिजंघा गाउँपालिका- ५, पेदाङका टंकप्रसाद भण्डारीकी ६ वर्षीया छोरी सन्ध्या भण्डारी खेलाले बगाएर बेपत्ता भएको बताइएको छ। 

बालिका साथीहरूसँग त्यहाँस्थित टिकटक झरनामा गएको र नजिकैको काबेली खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुंगेलीले बेपत्ता भएकी बालिकाले घरमा कसैलाई पनि जानकारी नगराई साथीसँग माछाको भुरा समाउन टिकटक झरना गएको बताए। 

लुंगेलीले शुक्रबार ३ बजेतिर खोलामा खसेको बताए। बेपत्ता भएकी बालिकाको प्रहरी र स्थानीयले शुक्रबार साँझसम्म नै खोजी गरे पनि फेला पार्न नसकेको प्रहरीले जनाएको छ। शनिबार पनि बिहानैदेखि खोजीकार्यको थालिएको बताइएको छ।