१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २२ शनिबार
  • Monday, 16 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २२ शनिबार o८:३२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जर्मनीबाट ५.१० करोड युरो अनुदान पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २२ शनिबार o८:३२:oo

नेपाल सरकार र जर्मन सरकारबिच विकास सहायतासम्बन्धी द्विपक्षीय वार्ता जर्मनीको बर्लिनमा सम्पन्न भएको छ । वार्तामा जर्मनको तर्फबाट आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक सहायता गरी पाँच करोड १० लाख (करिब सात अर्ब ६१ करोड रुपैयाँ) युरो अनुदान सहायता परिचालन गर्ने सहमति भएको छ ।

सो सहायता रकम नेपालमा गुणस्तरीय स्वास्थ्य क्षेत्र पूर्वाधार एवं स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउने, हरित एवं नवीकरणीय ऊर्जाको विकास तथा प्रवर्द्धन गर्ने, तहगत सरकारका विभिन्न निकायहरूको संस्थागत सुदृढीकरण गर्ने र आर्थिक, सामाजिक विकासलगायत क्षेत्रमा परिचालन गर्ने सहमति भएको हो । 

वार्ताका क्रममा नेपाली पक्षले सन् २०३० भित्र दिगो विकासको लक्ष्य हासिल गर्ने गरी काम गरिरहेकाले जर्मन सरकारको तर्फबाट प्राप्त हुने सहयोगलाई निरन्तरता दिन र थप सुदृढ बनाउन आग्रह गरेको छ ।

सोक्रममा जलवायु परिवर्तन, लैंगिक समता, वातावरणीय दिगोपना, गरिबी न्यूनीकरणलगायत विविध विषयमा आगामी दिनमा सहकार्य गर्ने विषयमा समेत छलफल भएको छ । 

नेपाली प्रतिनिधिमण्डलको तर्फबाट वार्ताको नेतृत्व अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले गरेका थिए भने जर्मन सरकारको तर्फबाट आर्थिक सहायता तथा विकाससम्बन्धी संघीय मन्त्रालयको संसदीय राज्यसचिव वार्वेल कोफ्लरले गरेका थिए । यस  अवसरमा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको उपस्थिति थियो ।