१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २२ शनिबार
  • Monday, 16 September, 2024
२o८१ भदौ २२ शनिबार o७:o९:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रोनाल्डोले पूरा गरे नौ सय गोल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २२ शनिबार o७:o९:oo

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले करिअरमा नौ सय गोल संख्या पूरा गरेका छन् । ३९ वर्षीय रोनाल्डोले बिहीबार राति नेसन्स लिग फुटबलमा क्रोएसियाविरुद्ध एक गोल गर्दैै नौ सय गोलको उपलब्धि हात पारेका हुन् । सो खेलमा पोर्चुगल २–० ले विजयी भएको थियो । रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीबाट एक सय ३१ अन्तर्राष्ट्रिय गोल पनि गरे । 

व्यावसायिक फुटबल करिअरमा कोसेढुंगा पार गर्न उनले स्पोर्टिङ लिस्बन, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, युभेन्ट्स तथा अल नासेरबाट गोल गरेका हुन् । अहिले उनी साउदी अरेबियाको प्रो लिगमा आबद्ध छन् । फुटबलमा दुर्लभ कीर्तिमान आफ्नो राख्न पाउँदाको क्षण व्यक्त नगर्न नसकेको रोनाल्डोले बताएका छन् । 

‘यो क्षणले भावुक बनायो । मैले फुटबलमा अर्को एउटा कीर्तिमान राखेँ,’ रोनाल्डोले भने, ‘यो अरू रेकर्डभन्दा फरक छ, सबै समर्थकहरूको शुभकामनाका कारण सफल भएको हो । अझ म समर्थकलाई खुसी पार्न दिन–प्रतिदिन मिहिनेत गर्नेछु ।’ शारीरिक तथा मानसिक रूपमा फुटबल खेलमा नौ सय गोल गर्ने योजना रहेको उनको भनाइ छ । ‘मेरो करिअरकै यो एउटा युनिक सफलता हो,’ उनले भने ।