Skip This
१८औँ वर्ष प्रवेशको उपलक्ष्यमा सिटी एक्सप्रेसको उपहार योजना सार्वजनिक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ३१ सोमबार १६:५५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

१८औँ वर्ष प्रवेशको उपलक्ष्यमा सिटी एक्सप्रेसको उपहार योजना सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार १६:५५:oo

सिटी एक्सप्रेस मनी ट्रान्सफरले १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा दसैँ, तिहार र छठलाई लक्षित गर्दै ९० दिनसम्म चल्ने ‘१८औँ वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौँ गुणा’ उपहार योजना घोषणा गरेको छ।

उपहार योजना घोषणा कार्यक्रममा हास्यकलाकार एवं सिटी एक्सप्रेसका ब्रान्ड एम्बासडर जितु नेपालको उपस्थिति रहेको थियो।

यो उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना दुईजनालाई सामसुङको स्मार्ट फोन,  हरेक हप्ता दुईजनालाई सामसुङको स्मार्ट टिभीका साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरूलाई जनही रु. ५०० को वालेट टपअप र अन्त्यमा एक भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने सिटी एक्सप्रेसले जनाएको छ।

कम्पनीका अनुसार यो अफर असोज १ देखि मंसिर ३० गतेसम्म लागू हुनेछ। यो अवधिभरि सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन्।

यस उपहारको विजेता छनाेट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई योजना लागू नहुने कम्पनीले जनाएको छ।