१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २० बिहीबार
  • Monday, 16 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २० बिहीबार १८:४७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल प्रिमियर लिग : टिम पोखरा सबैभन्दा महँगोमा बिक्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २० बिहीबार १८:४७:oo

पहिलोपटक हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल)को लागि सहभागी ८ टिमको खरिद प्रक्रिया पूरा भएको छ। आठमध्ये सबैभन्दा ठुलो रकममा टिम पोखरा बिक्री भएको छ। कम रकममा कर्णाली किनियो।

बिहीबार भएको कार्यक्रममा नेपाल टी–२० क्रिकेट प्रालिले टिम पोखरा तीन करोड ५७ लाखमा खरिद गर्‍यो। टिम काठमाडौंलाई कान्तिपुर पब्लिकेसनले तीन करोड ३३ लाख ३३ हजार ३३९ खर्चियो। टिम जनकपुरको लागि ड्रिम स्पोर्ट्स प्रालिले २ करोड ५ लाख खर्चिँदा टिम लुम्बिनीलाई चौथो ठुलो मूल्यमा फरच्युना हेल्थ केयर प्रालिले १ करोड ८६ लाख चार रुपैँया लगानी गर्‍यो।

त्यस्तै, टिम चितवनको लागि चितवन मेडिकल कलेजले १ करोड ७६ लाख एक हजार, टिम सुदूरपश्चिमलाई इम्पाइर स्पोर्ट्स म्यानेजमेन्ट प्रालिले १ करोड ६८ लाख ८८ हजार ८ सय ८८, टिम विराटनगरलाई एमएडी ड्रिम्स स्पोर्ट्स प्रालिले १ करोड ५१ लाख तथा टिम कर्णालीलाई हिमालयन बिल्डर्स एन्ड इन्जिनियर प्रालिले १ करोड ११ लाख ७० हजारमा किनेका छन्।

प्रतियोगिता ३० नोभेम्बरदेखि २१ डिसेम्बर २०२४ सम्म काठमाडौंमा आयोजना हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि नेपाल टी–२० आयोजना गरे पनि विवादका कारण दोस्रो संस्करण हुन सकेन। भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई जिम्मेवारी दिएको क्यानले पछि सम्झौता रद्द गर्दै प्रतियोगिता आफैँ गर्ने निर्णय गरेको हो।