Skip This
दोलखाको झ्याँकुमा बोलेरो जिप दुर्घटना, दुईको मृत्यु, चारजना घाइते 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ ३१ सोमबार o६:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दोलखाको झ्याँकुमा बोलेरो जिप दुर्घटना, दुईको मृत्यु, चारजना घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार o६:४१:oo

दोलखाको गौरीशंकर गाउँपालिका– ३ झ्याकुमा बोलेरो दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई महिलाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका गौरीशंकर गाउँपालिका– ३ झ्याकुकी ७५ वर्षीया काली शेर्पा र ५५ वर्षीया पसी शेर्पाको मृत्यु भएको हो।

गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि सिँगटी अस्पतालमा ल्याइएकोमा आइतबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय सिँगटीले जनाएको छ ।  

प्रहरीका अनुसार सिँगटीबाट झ्याकु जाँदै गरेको बा.२०च ७२६६ नम्बरको बोलेरो आइतबार बेलुकी  करिब ५ बजे वडा नम्बर ४ को वडा कार्यालयनजिकै दुर्घटना हुँदा ६ जना घाइते भएका थिए । त्यसमध्य गम्भीर अवस्थाका दुईजनाको मृत्यु भएको हो। अन्य चारजना घाइतेमध्य एकजनाको सिँगटी अस्पतालमा उपचार भइरहेको छ भने अरू घाइतेलाई पनि प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि सिँगटी ल्याइएको छ ।

दुर्घटनामा बोलेरोचालक निङमार शेर्पा, निङमा शेर्पा, डिम्मा शेर्पा र अंशु शेर्पा घाइते रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता सत्रुघनकुमार महतोले जानकारी दिएका छन् ।