१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १७ सोमबार
  • Sunday, 15 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ १७ सोमबार १८:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गृहमन्त्रीसँग भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीको भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ १७ सोमबार १८:२६:oo

गृहमन्त्री रमेश लेखकसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी)का शिक्षार्थीहरूको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।

सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतका सुरक्षा निकायबिच सीमा सुरक्षा, लागुऔषध नियन्त्रण र मानव बेचबिखन नियन्त्रणमा थप सहकार्य हुनुपर्नेमा जोड दिए।

भेटका अवसरमा कलेजका प्रतिनिधि सन्दीप एस सन्दुलगायत शिक्षार्थीहरूको सहभागिता रहेको थियो।