Skip This
महाकाली पुल पोखरीको तटबन्ध भत्कियो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३० आइतबार
  • Wednesday, 18 September, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ भदौ ३० आइतबार १२:४५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

महाकाली पुल पोखरीको तटबन्ध भत्कियो

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ भदौ ३० आइतबार १२:४५:oo

कञ्चनपुरस्थित महाकाली नदीमा निर्माणाधीन चार लेन पुल पोखरीको तटबन्ध भत्किएको छ। महाकाली नदीले चार लेनको पुल पोखरीको तटबन्ध भत्काएको हो। शनिबारदेखि पोखरीको तटबन्ध कटानी सुरु भएको थियो। आइतबार बिहान पोखरीको तटबन्ध भत्काएर हरिहरघाटदेखि पहुँचमार्गसम्मै महाकाली पुगेको छ।

भीमदत्त नगरपालिका– १३ का वडाध्यक्ष रामबहादुर बोहराले हिजो साँझ ५ बजेदेखि तटबन्ध कटानी सुरु भई अहिले उक्त तटबन्ध भत्काएर हरिहरघाट भरिभराउन भएको बताए। ‘ठुलो महाकालीमा त्यत्रो पानी आउँदा केही भएन, आज घटिरहेको अवस्थामा काटिरहेको छ,’ उनले भने, ‘यो काट्ने क्रम जारी रहे कटानी गरेर पहुँचमार्गसम्मै आएर बस्तीतिर जाने खतरा छ।’

बिहीबारदेखिको अविरल वर्षाले महाकाली नदीमा पानी घटिरहेको अवस्थामा कञ्चनपुर ऐरीस्थित चार लेन पुलको पोखरीको गाइडबन्ड (तटबन्ध) कटानी गरिरहेको छ। महाकाली नदीमा शुक्रबार चार लाख ६१ हजार क्युसेक पानी बगेको थियो, उतिवेला सानदारसँग बगेको काली शनिबार घटेर एक लाख ६० हजार क्युसेक भएको अवस्थामा चार लेन पुलको पोखरीको गाइडबन्ड (तटबन्ध) कटान गरेको हो।

महाकाली पुल आयोजना कार्यालयका सबइन्जिनियर दुर्गादत्त अवस्थीले नदीमा पानीको सतह घटिरहेका वेला सिँगै महाकाली एकै स्थानबाट बग्दा तटबन्ध कटानी गरिरहेको बताए। उनका अनुसार शनिबार साँझ ७ बजेसम्म झन्डै दुई सय मिटर तटबन्ध कटानी भएको छ। ‘पोखरीको गाइडबन्ड पूरै भत्किएको छैन, एकतर्फीतर्फ कटानी गरिरहेको छ,’ उनले भने, ‘हाकिमसाबले सीधै निर्माण कम्पनीलाई फोन गरेर यथाशीघ्र रोकथामका लागि निर्देशन दिनुभएको छ। निर्माण कम्पनीले अहिले रोकथाम गरिरहेको छ।’

०७४ देखि कुमार श्रेष्ठ सिएफइसी जेभीले तीन अर्ब ६६ करोड पाँच लाख ६६ हजार रुपैयाँमा पुल निर्माण गरिरहेको छ। तर, स्थानीयहरूले कमसल खालको तटबन्ध निर्माण हुँदा नदीको सतह घट्दा पनि तटबन्ध कटानी भइरहेको आरोप लगाएका छन्। विगतमा पनि तटबन्ध भत्किएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्।