Skip This
सिद्धार्थ बैंकद्वारा विद्यालयलाई बहुउद्देश्यीय हल हस्तान्तरण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३० आइतबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ३० आइतबार १२:३२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सिद्धार्थ बैंकद्वारा विद्यालयलाई बहुउद्देश्यीय हल हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ३० आइतबार १२:३२:oo

सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको कास्कीमा अवस्थित अमरसिंह माध्यमिक विद्यालयको दृष्टिविहीन शाखामा निर्माण गरेको बहुउद्देश्यीय हल औपचारिक रूपमा हस्तान्तरण गरेको छ।

बहुउद्देश्यीय हलको उद्घाटन गर्दै बैंकले उक्त हल विद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो। उक्त हलको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडिया तथा  विद्यालयका अध्यक्ष कृष्णप्रसाद कोइरालाले गरेका हुन्।

बैंकले उक्त हल निर्माण गर्नुका साथसाथै विद्यालयलाई २० थान कम्प्युटर तथा सोलार, युपिएस र ब्याट्रीलगायतका आवश्यक सामग्री पनि प्रदान गरेको छ। यस सहयोगले दृष्टिविहीन विद्यार्थीको आवश्यकतालाई पूरा गर्दै उनीहरूको आत्मविश्वासमा पनि वृद्धि ल्याउने विश्वास लिएको बैंकले जनाएको छ।

यसैगरी विद्यालयलाई प्रदान गरिएका कम्प्युटरहरूमार्फत विद्यार्थीलाई आधुनिक प्रविधिमा पोख्त बनाउन, शैक्षिक सामग्री अनलाइनमार्फत प्राप्त गर्न, प्राविधिक सीपलाई बढाउन केही हदसम्म भए पनि मद्दत पुर्‍याउने बैंकले जनाएको छ।