१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १२ बुधबार
  • Saturday, 14 September, 2024
२o८१ भदौ १२ बुधबार २२:३२:oo
Read Time : < 1 मिनेट
समाचार

कुलमान घिसिङ हटाउने योजना छैन : ऊर्जामन्त्री खड्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ १२ बुधबार २२:३२:oo

सदन र सडकमा नेताहरूले हल्ला चलाएजस्तो नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउनेबारे सरकारको योजना नरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दाबी गरेका छन् । राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने सरकारको नीति भएकाले घिसिङलाई हटाउनुपर्ने कुनै कारण नभएको उनको भनाइ छ । 

बाह्रबिसे नगरपालिकास्थित निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोसी जलविद्युत् आयोजना र ४०० केभी सबस्टेसनको अवलोकन गर्न बुधबार यहाँ आइपुगेका मन्त्री खड्काले भने, ‘घिसिङलाई सरकारले कारबाही गर्दैन । राम्रो काम गर्ने मान्छे जुनसुकै दल वा समूहको किन नहोस् त्यसलाई राम्रो भन्न सक्नुपर्छ ।’ 

उनले अगाडि भने, ‘सडक र संसद्मा यावत् कुरा उठेको छ । अनेक विवाद सुन्न पनि पाइन्छ । तर, कुलमानप्रति सरकारले कुनै अप्रिय धारणा बनाएको छैन ।’ मन्त्री खड्काले भारत सरकारसँग विद्युत् बिक्री सम्झौता भएर धमाधम आम्दानी भइरहेको जनाउँदै बंगलादेशसँग पनि छिट्टै विद्युत् व्यापार सम्झौता हुने बताए । पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको गृहनगरमा रहेको जलविद्युत् आयोजना र सबस्टेसनको निर्माणमा आएका समस्या समाधन गर्न मन्त्री खड्का स्थलगत अवलोकनमा आएका हुन् । पूर्वमन्त्री बस्नेत र ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ पनि अवलोकनमा सँगै थिए ।