१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १२ बुधबार
  • Saturday, 14 September, 2024
२o८१ भदौ १२ बुधबार २१:४८:oo
Read Time : < 1 मिनेट
समाचार

श्रीकेश तेल उत्पादकलाई दुई लाख जरिवाना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ १२ बुधबार २१:४८:oo

काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओएल एन्ड कस्मेटिक इन्डस्ट्रिजलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ। उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि श्रीकेश तेललाई कारबाही गरेको हो।

महानगरका निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार तेलको गुणस्तरका विषयमा गुनासो आएपछि महानगरपालिकाले ७ असारमा विवरण माग भएको थियो। प्राप्त विवरणका आधारमा प्रतिवेदन तयार पारिएको थियो। सोही प्रतिवेदनका आधारमा जरिवाना गरेको झाको भनाइ छ। 

माग गरिएको विवरणमा तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि (फर्मुलेसन, रेसिपी मेथड) उल्लेख गरिएको कागजात प्राप्त हुन सकेन। कारखानामा स्टान्डर्ड अपरेसन प्रोसिड्युर (एसओपी) को अभिलेख पाइएन। यसो हुनु भनेको गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जिएमपी) होइन, प्रतिवेदनमा उल्लेख छ। ‘इन्डस्ट्रीको नाममा प्राप्त आइओइएस प्रमाणपत्र उत्पादित तेलमा प्रयोग गरिएको छ। यसो गर्न पाइँदैन।’ प्रतिवेदनले औँल्याएको छ। 

तेलमा प्रयोग हुने सम्पूर्ण कच्चा पदार्थ (तेल तथा जडीबुटी) को प्रयोगशालामा परीक्षण गरेको प्रतिवेदन अपुरो छ। सबै उत्पादनमा एउटै ब्याच नम्बर राखिएको छ। उक्त ब्याचको उत्पादनमा प्रयोग हुने केही कच्चा पदार्थ (तेल) को तेलको प्रयोग म्यादभन्दा कम देखिएको छ। तेलको लेबलमा उल्लेख भएका तत्वहरू र परिमाण तेलमा रहेको पुष्टि हुने कुनै सरकारी अथवा अन्य निकायबाट प्रमाणित हुने कागजात प्राप्त भएन। लेबलमा उल्लेख फाइदाहरू (कपाल नझर्ने, नयाँ कपाल उमार्ने, चाया रोक्ने आदि) पुष्टि हुने क्लिनिकल ट्रायल, प्रयोगशाला विश्लेषण, जर्नलमा प्रकाशित नदेखिएकोले भ्रम सिर्जना हुने शब्दको प्रयोग गरेर प्रचारप्रसार र व्यावसायिक क्रियाकलाप गरेको प्रतिवेदनले औँल्याएको छ।