१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १२ बुधबार
  • Saturday, 14 September, 2024
२o८१ भदौ १२ बुधबार २१:२४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

बिहानपख हिँडडुल गर्न मिल्ने गरी रानीपोखरी खोल्ने तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ १२ बुधबार २१:२४:oo

काठमाडौं महानगरपालिकाले बिहानपख हिँडडुल गर्न मिल्ने गरी रानीपोखरीलाई खुला गर्ने तयारी गरेको छ। पोखरीको रंगरोगन, मर्मत गर्नुपर्ने ठाउँमा बनाएपछि बिहान हिँडडुल गर्न खुला गर्ने तयारी गरेका हो।

खुला गर्नुअघि महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बुधबार रानीपोखरीको अवलोकन गरेका छन्। सो क्रममा उनले भने, ‘रानीपोखरीमा रात्रिकालीन प्रकाशको व्यवस्था गरेर साँझमा पनि सुन्दर देखिने बनाउनेछौँ।’ अवलोकनका क्रममा प्रशासन विभागका प्रमुख नमराज ढकाल, सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपाल, महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे, नगर प्रहरी उपरीक्षकहरू विष्णुप्रसाद जोशी र मनोजप्रसाद लामिछाने, नगर प्रहरी नायब उपरीक्षक मीन थापासहित सहभागी थिए। 

टोलीले रानीपोखरी अवलोकन गरेपछि वडा नम्बर २७ कार्यालयमा गएर वडाध्यक्ष योगेश खड्गीसँग रानीपोखरी खुला गर्ने विषयमा छलफल गरेको थियो। त्यसक्रममा वडाध्यक्ष खड्गीले, रानीपोखरीलाई हिँडडुलका लागि उपलब्ध गराएपछि स्थानीयवासीलाई खुला ठाउँ प्राप्त हुने बताए। खड्गीले, वडा कार्यालय भवन साँघुरो भएकोले स्थानान्तरण गर्नुपर्ने, स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन गर्न केन्द्रबाट सहयोग गर्नुपर्ने, वडा र केन्द्रका पूर्वाधार निर्माणमा समन्वय बढाउनुपर्नेलगायतमा जोड दिएका थिए। 

रानीपोखरीको इतिहास
वि.सं. १७२३ पौष कृष्ण ४ (अमान्तमान) का दिन पोखरीको शिलान्यास भएको थियो। करिब पाँच वर्ष लगाएर रानीपोखरी निर्माण गरिएको थ्यासफूमा उल्लेख छ। प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तिन्द्र मल्लको नाममा यो पोखरी बनाएका थिए। पोखरीलाई नेपाल संवत् ८११  ई.सं. १६११) बाट न्हुरपुखुर (न्हुपुखु) भनिएको मानिन्छ।
पोखरीको पूर्वमा त्रिचन्द्र कलेज र घण्टाघर, पश्चिममा दरबार हाइस्कुल, उत्तरमा जमल र दक्षिणमा शान्ति बाटिका छ। मन्दिर, पुलसहित २० हजार ७०८ स्वायर मिटर क्षेत्रफलमा रहेको पोखरी १.६८ मिटर गहिरो छ। बालगोपालेश्वर मन्दिरको उचाइ १६.१५ मिटर छ। 

०७२ सालको भूकम्पले जीर्ण भएपछि पोखरीको पुनर्निर्माण गरिएको छ। पुननिर्माणको पहिलो चरणमा पोखरी र बिचमा रहेको मन्दिर, मन्दिर पुग्ने पुल निर्माण गरिएको छ। उपभोक्ता समितिमार्फत गरिएको काममा, पोखरीको पिँधमा ८ हजार ५७४ दशमलव १३ घनमिटर कालीमाटी राखिएको छ। यसको लागत ८ करोड १५ लाख रुपैयाँ छ। पुनर्निर्माणको परियोजना ३१ हजार ४७३ वर्गमिटर क्षेत्रफलमा थालिएको थियो। ११ चैत ०७५ बाट थालिएको काम ३० साउन ०७७ मा सकिएको थियो। ठेक्कातर्फ बालगोपालेश्वर मन्दिर र पोखरीको बाहिरी भाग बनाउने गरी करिब २६ करोड रुपैयाँ लागतमा निर्माण भएको हो। २८ असार ०७६ मा सम्झौता गरेर थालिएको पुनर्निर्माण ३० असोज ०७७ मा सकिएको थियो।