१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १२ बुधबार
  • Saturday, 14 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ १२ बुधबार o७:४६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीको पदाधिकारीमा को–को निर्वाचित भए ? (मतपरिणामसहित)

रामकुमारीसँगको प्रतिष्पर्धामा विजयी जयन्तीलाई लोकप्रिय मत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ १२ बुधबार o७:४६:oo

एकीकृत समाजवादीले महाधिवेशनको डेढ महिनापछि निर्वाचनबाट पदाधिकारी चयन गरेको छ । जसअन्तर्गत खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भएका छन् ।

महिला उपाध्यक्षमा जयन्ती राई र मधेशी उपाध्यक्षमा धर्मनाथप्रसाद साह विजयी भएका छन् । उपाध्यक्ष खुला चारजनाका लागि ११ जना प्रतिस्पर्धामा थिए । ललितबहादुर बस्नेत, डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, उर्वादत्त पन्त, साध्यबहादुर भण्डारी, प्रकाश ज्वाला, डा. विजयकुमार पौडेल, केशवलाल श्रेष्ठ, विरोध खतिवडा, जगन्नाथ खतिवडा र बलराम बास्कोटा खुला उपाध्यक्षको प्रतिस्पर्धामा थिए ।

उपाध्यक्ष महिलाबाट एकजनाका लागि जयन्ती राई र रामकुमारी झाँक्री प्रतिस्पर्धामा थिए । उपाध्यक्ष मधेशी समुदायबाट एकजनाका लागि धर्मनाथप्रसाद साह र रामचन्द्र झा प्रतिस्पर्धामा थिए ।

उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह विजयी भएका छन् । उपमहासचिव चारजनाका लागि १९ जना चुनावी मैदानमा थिए । लक्ष्मण केसी, रामचन्द्र यादव, रामकुमार भट्टराई, महेश रेग्मी, डा. देउमान सम्बाहाङ्फे, नागेन्द्र चौधरी, मेटमणि चौधरी, अम्बरबहादुर थापा, राजेन्द्र राई, लक्ष्मण पौडेल, शत्रुधन महतो, गरिमा शाह, हरिप्रसाद पराजुली, श्रीप्रसाद साह, जीवनराम श्रेष्ठ, मीना ज्ञवाली, भविसोर पराजुली, गोमा विष्ट र भवानी खड्का प्रतिस्पर्धामा थिए।

सचिवमा गणेश विश्वकर्मा, बलदेव चौधरी, श्रीनाथ बराल, सावित्रा भुसाल, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डेय र चन्द्रबहादुर शाही विजयी भएका छन् । सचिव दलित समुदायबाट एकजनाका लागि तीनजना प्रतिस्पर्धामा थिए ।  गणेश विश्वकर्मा, निरादेवी जैरू र कृष्णबहादुर नेपाली प्रतिस्पर्धामा थिए ।

सचिव आदिवासी जनजाति समुदायबाट एकजनाका लागि तीनजना प्रतिस्पर्धामा थिए । बलदेव चौधरी, राजन राई र टोकबहादुर वाइबा प्रतिस्पर्धामा थिए ।

सचिव खुलाबाट पाँचजनाका लागि २६ जना प्रतिस्पर्धामा थिए । श्रीनाथ बराल, प्रेमलकुमार खनाल, कृष्णप्रसाद खनाल, घनप्रसाद गौतम, धर्मराज पौडेल, डा. वंशीधर मिश्र, धर्मराज निरौला, शेरबहादुर कुँवर, डा. राजेन्द्रमान श्रेष्ठ, दामोदर अर्याल, शिवबहादुर भण्डारी, चन्द्रबहादुर शाही, रामेश्वर श्रेष्ठ, सोमप्रसाद पाण्डेय, भाष्कर काफ्ले, सावित्रा भुसाल, दिलु पन्त, नरेश शाही, दीर्घ सोडारी, केशव विष्ट, शेरबहादुर केसी, धनराज आचार्य, रत्नेश्वर गोइत यादव, हस्तबहादुर शाही, गुरुप्रसाद बुर्लाकोटी र विदुर सापकोटा प्रतिस्पर्धामा थिए ।

हेर्नुहोस् मतपरिणाम :