१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १० सोमबार
  • Friday, 13 September, 2024
तस्बिर: दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ १० सोमबार १२:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरुवा र बढुवाका लागि झोला बोकेर कुद्नुपर्दैन : प्रधानमन्त्री ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ १० सोमबार १२:३९:oo

प्रधानमन्त्री केपी ओलीले सरुवा र बढुवाका लागि प्रहरीका कुनै अधिकारी झोला बोकेर नेता कहाँ धाउन आवश्यक नभएको बताएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन उद्घाटनमा प्रधानमन्त्री ओलीले प्रहरी कर्मचारीको सरुवा तथा बढुवा वस्तुगत आधार हुने बताए।

‘प्रहरीबाट सम्पादन हुने कामको मूल्यांकन आमनागरिकले गरिरहेका हुन्छन्। जसले वस्तुगत आधारमा जनताको काम गर्छ उसको सरुवा बढुवा उचित रूपमा हुन्छ। यसका लागि झोला बोकेर कुद्नु आवश्यक छैन,’ उनले भने, ‘निजी विषयलाई लिएर होइन, जनताको काम लिएर प्रहरी कर्मचारी दौडधुपमा लाग्नुपर्छ।’

प्रहरीबाट सम्पादन हुने उचित कामको पक्षमा सरकार सदैव जागरुक उभिने बताउँदै प्रधानमन्त्री ओलीले जो–कोहीबाट हुने अनुचित काम सह्य नहुने बताए।

उनले भने, ‘यो सरकार अनुचित कामको पक्षमा छैन। उचित कामलाई सधैँ सम्मान गर्छ। त्यसको पक्षमा उभिन्छ। सरकार बेठिक क्रियाकलापको पक्षमा छैन। प्रहरी करुणमा चल्नु उचित छैन। अपराधी पक्राउ गर्ने वेला प्रहरीले करुण देखाए स्थिति के हुन्छ ? त्यसो हुँदा प्रहरी प्रहरी जस्तै नै रहनुपर्छ।’