Skip This
संसद् अवरोध नखुलाउने माओवादीको निर्णय 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Wednesday, 18 September, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २८ शुक्रबार १७:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् अवरोध नखुलाउने माओवादीको निर्णय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार १७:o५:oo

नेकपा (माओवादी केन्द्र)ले संसद् अवरोध कायम राख्ने निर्णय गरेको छ। संसदीय दलको शुक्रबारको बैठकले एमाले सचिव योगेश भट्टराईले जनयुद्ध, शान्तिसम्झौता र संविधानलाई अपमान गर्ने गरी हिंसा शब्द प्रयोग गरेको विरोधमा जारी संसद् अवरोध कायम राख्ने निर्णय गरेको हो।

हिंसा शब्द संसद्को अभिलेखबाट हटाउनुपर्ने मागमा सभामुख देवराज घिमिरेले छानबिन गरी असंसदीय शब्द नभएकाले हटाउनु नपर्ने निष्कर्ष सुनाएपछि २६ भदौको बैठकमा माओवादीले अवरोध गरेको थियो।

निरपेक्ष एउटा शब्दभन्दा पनि त्यसले सिंगो जनयुद्ध, शान्तिसम्झौता, संविधान, जनमुक्ति सेना, सहिद, घाइते तथा बेपत्ता परिवारको अपमान गरेकाले माग पूरा नभएसम्म अवरोध जारी राख्ने निर्णय भएको संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बताए।

बैठकमा १४ सांसदले समसामयिक परिस्थितिबारे धारणा राखेका थिए भने अध्यक्ष प्रचण्डले उनीहरूको जिज्ञासाको सम्बोधन गर्दै पार्टीले संसदमा खेल्नुपर्ने भूमिकामाथि प्रकाश पारेका थिए।