१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ८ शनिबार
  • Friday, 13 September, 2024
डिलाराम भुसाल कपिलवस्तु
२o८१ भदौ ८ शनिबार १८:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
२o८१ भदौ ८ शनिबार १८:३८:oo

कपिलवस्तुको बाणगंगामा पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालकको ज्यान गएको छ। 
बाणगंगा नगरपालिका– ८ ढोडेकोल बस्ने दुई बालकको ज्यान गएको प्रहरीले जनाएको छ।

कोइली खोलामा पौडी खेल्ने क्रममा ठाकुर भण्डारीका छोरा १६ वर्षीय प्रतीक भण्डारी र सोही ठाउँ बस्ने कृष्ण सापकोटाका छोरा १५ वर्षीय सरोज सापकोटाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

उनीहरू स्थानीय खेलमैदानमा फुटबल खेलेपछि पौडी खेल्न खोलामा गएको बताइएको छ। मृतक बालकहरूको शव पोस्टमार्टमका लागि पिपरा अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ।