१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ८ शनिबार
  • Friday, 13 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ८ शनिबार o९:o१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भदौ अन्तिममा पूर्वाधार सम्मेलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ८ शनिबार o९:o१:oo

रणनीतिक लगानीमार्फत दिगो विकास भन्ने मूल भावसहित पाँचौँ संस्करणको ‘बिवाइडी नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४’ आयोजना हुने भएको छ । नेपाल उद्योग परिसंघको अगुवाइमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय आयोजक र लगानी बोर्डको कार्यालय तथा वाइसिएनसी सहआयोजक रहने सम्मेलन यही २७ र २८ भदौमा काठमाडौंमा आयोजना हुने भएको हो । 

शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सार्वजनिक–निजी साझेदारी (पिपिपी) अवधारणाअनुरूप सरकार, भौतिक पूर्वाधार मन्त्रालय र लगानी बोर्डसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागेको बताए । ‘पूर्वाधारमा धेरै लगानी आवश्यक रहेको, तर स्रोतको अभाव भइरहेको अवस्थामा पूर्वाधार क्षेत्रका लागि कसरी स्रोत जुटाउन सकिन्छ, नीतिगत रूपमा के–के सुधार गर्नुपर्छ, पूर्वाधार विकासका सन्दर्भमा अन्तर्राष्ट्रिय अभ्यासहरू के–के छन् भन्ने विषयमा गहन रूपमा सम्मेलनमा छलफल हुनेछ,’ उनले भने, ‘सम्मेलनबाट प्राप्त सुझाव सरकारलाई उपलब्ध गराइनेछ ।’

लगानी बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रधुम्नप्रसाद उपाध्यायले लगानी सम्मेलनका क्रममा राखिएका परियोजनाहरू पूर्वाधार सम्मेलनमा पनि राखिने बताए ।