१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १२ शनिबार
  • Friday, 18 October, 2024
गणेश लम्साल विराटनगर
२o८१ श्रावण १२ शनिबार o९:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भ्यान दुर्घटनामा घाइते प्रहरी जवानको मृत्यु   

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ श्रावण १२ शनिबार o९:२२:oo

विराटनगरको रानी क्षेत्रको भट्टिमोडमा भएको भ्यान दुर्घटनामा घाइते भएका प्रहरी जवान सौगात थापाको मृत्यु भएको छ। २ साउनमा विराटनगर रानी क्षेत्रको भट्टिमोडमा भएको भ्यान दुर्घटनामा घाइते भएका प्रहरी जवान धरान उपमहानगरपालिका- १७ का सौगात थापाको उपचारका क्रममा मृत्यु भएको हो।

घाइते थापाको काठमाडाैंको न्युरो अस्पतालमा उपचार भइरहेको थियो। उनको उपचारकै क्रममा बिहीबार मृत्यु भएको कोशी प्रहरीले जनाएको छ। सुरक्षा ड्युटी गरेर साँझ गणमा फर्कँदै गर्दा स्कुल बालकलाई जोगाउन खोज्दा कोशी प्रदेश प्रहरी तालिम केन्द्रको वान्टेन भ्यान २ साउनमा दुर्घटना हुँदा ४० जना प्रहरी घाइते भएका थिए।

घाइते भएका अरू सबै प्रहरी उपचारपछि काममा फर्किसकेका छन्।