१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
२o८१ कार्तिक २ शुक्रबार १o:o९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालसँग घरेलु टोली अमेरिका १७ रनले पराजित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार १o:o९:oo

घरेलु टोली अमेरिका भ्रमणकारी टोली नेपालसँग पहिलो टी–२० खेलमा १७ रनले पराजित भएको छ। शुक्रबार बिहान डालासमा नेपालले २० ओभरमा नाै विकेट गुमाउँदै १६६ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा अमेरिकाले २० ओभर खेल्दा सात विकेट गुमाएर मात्र १४७ रन बनायो। 

अब, दोस्रो खेल आइतबार बिहान हुनेछ । अमेरिका र नेपालबिच तीन २० खेलको शृंखला हुनेछन् । त्यसपछि दुवै टोली आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा सहभागी हुनेछन्। 

अमेरिकाका लागि सयन जहाँगिरले ३४ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६० रन बनाए । यसबाहेक आन्द्रेस गौसले ३० तथा मिलिन्द कुमारले २२ रन बनाएका हुन्। नेपालका लागि दीपेन्द्रले सर्वाधिक तीन तथा रिजन ढकाल, करण केसी र गुल्सन झाले समान एक विकेट हात पारेका थिए। 

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३३ बलमा सर्वाधिक ४९ रन बनाए। दीपेन्द्रसिंह ऐरीले २८, ओपनरद्वय अनिल शाह र आसिफ शेखले समान २७ रन बनाएका थिए।  गुल्सन झाले ११ र कुशल भुर्तेलले १० रन बनाउँदा करण केसी र आरिफ शेख गोल्डेन डकआउट भएका थिए ।  

अमेरिकाका लागि सौरभ नेत्राभाल्कर, जसदीप सिंह र हर्मित सिंहले समान दुई विकेट लिए।