१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २९ मंगलबार
  • Wednesday, 16 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज २९ मंगलबार ११:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मीनबहादुरसँग जग्गा लिएर पाँच लाख सदस्यको शिर झुकाउने काम भयो : नेतृ पाण्डे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज २९ मंगलबार ११:१४:oo

नेकपा एमाले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले जग्गा दिएपछि एमाले नेतृ विन्दा पाण्डेले आलोचना गरेकी छिन् । पाण्डेले साढे पाँच लाख पार्टी सदस्यको शिर झुकाउने काम भएको टिप्पणी गरिन् । उनले सामाजिक सञ्जालमार्फत लिने र दिने दुवै गलत भएको बताइन् ।

उनले पार्टी कार्यकर्तामा मात्र नभई २८ लाख मतदातालाई समेत अपमान हुने काम गरेको बताइन् । उनले लेखेकी छिन्, ‘व्यापार–व्यवसाय गर्नेले पारदर्शी रूपमा कम्पनीको सामाजिक दायित्वअन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो । तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत हो । दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परेको कुरा जानकारीसमेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती साबित हुनेछ ।’

उनले समय घर्किनसकेकाले निर्णय सच्याउन अध्यक्ष केपी ओलीलाई आग्रह गरेकी छिन् । ‘समय अझै घर्किसकेको छैन । मनमोहन र मदनहरूले उचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेका स्वाभिमानी पार्टीपंक्ति र भावी सन्ततिका लागि एमालेको गौरव जोगाउने हो भने यो गलत निर्णय सच्याउनैपर्छ, समयमै सोचौँ ।’