१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024
प्रहरी दिवसको अवसरमा मंगलबार एसपी सञ्जयसिंह थापालाई पुरस्कार प्रदान गर्दै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ३० बुधबार o६:२१:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सुन तस्करीमा कारबाही सिफारिस भएका एसपीलाई उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ३० बुधबार o६:२१:oo

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेका एसपी सञ्जयसिंह थापालाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उत्कृष्ट अनुसन्धानकर्ताका रूपमा पुरस्कृत गरेका छन् । ब्रेक सुमार्फत भएको सुन तस्करी घटनाको अनुसन्धानमा बदनियत राखेको भन्दै थापासहितका प्रहरीमाथि आयोगले गत चैतमा कारबाही सिफारिस गरेको थियो । ६९औँ प्रहरी दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा सोही अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै महानिरीक्षक कुँवरले उनलाई पुरस्कृत गरेका हुन् । 

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले सिआइबीकी तत्कालीन एआइजी किरण बज्राचार्य, एसपी थापा र डिएसपीद्वय दुर्गा दाहाल र रुगम कुँवरमाथि कारबाही सिफारिस गरेको थियो । केही आरोपीलाई कागज गराएर भगाएको, राजनीतिक नेतृत्वलाई जोगाएको आरोपमा कारबाही सिफारिस भएको थियो । आयोगको प्रतिवेदनका आधारमा एसपी थापालाई तत्कालै नुवाकोटको प्रहरी प्रमुखबाट हटाइएको थियो । तर, कसैमाथि पनि विभागीय कारबाही भएको थिएन । कारबाही सिफारिसमा परेकी एआइजी बज्राचार्य हाल काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुख छिन् । 

उत्कृष्ट अनुसन्धानकर्तासम्बन्धी छनोटका लागि प्रहरी प्रधान कार्यालयले सुरुमा डिआइजी जनक भट्टराईको नेतृत्वमा समिति गठन गरेको थियो । भट्टराईको कर्णाली प्रदेशमा सरुवा भएपछि एसएसपी गोविन्द थपलिया नेतृत्वमा समिति बनेको थियो । सोही समितिको सिफारिसलाई आधार बनाएर आइजिपी कुँवरले पुरस्कार दिएका हुन् ।