१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २ शुक्रबार ११:१८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निफ्राको ऋणपत्र बिक्री प्रबन्धकमा एनआइएमबि एस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार ११:१८:oo

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ‘निफ्रा ऊर्जा ऋणपत्र ६% ०८८/८९’ निष्कासन गर्ने भएको छ । बैंकले सातवर्षे अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर रहेको उक्त ऋणपत्रको ५० लाख कित्ता निष्कासन गर्न एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  

उक्त सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट नायब महाप्रबन्धक विनयनाथ न्यौपाने र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन् । 

नेपाल धितोपत्र बोर्डको स्वीकृतिपश्चात् कुल निष्कासन गरिने ऋणपत्रको ६० प्रतिशत ऋणपत्र परिपत्र विधिबाट संस्थाका लागि र ४० प्रतिशत अन्य सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिने बताइएको छ ।